प्यूठानमा स्तनपान कक्ष सञ्चालन

शिक्षा समाचार स्वास्थ्य

प्यूठान, १ जेठ


जिल्ला प्रशासन कार्यालय प्यूठानले जिल्लामै पहिलो पटक स्तनपान कक्ष सञ्चालनमा ल्याएको छ । कार्यालयले महिला सेवाग्राहीहरुको आबश्यकतालाई मध्यनजर गरेर स्तनपान कक्ष सञ्चालनमा ल्याएको कार्यालयले जनाएको छ । पछिल्लो समय लैङ्गिक समानताको बिषयमा कुरा उठिरहेको बेला प्रशासन कार्यालयले कार्यालय परिसर भित्रै स्तनपान कक्षको ब्यबस्था गरेको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैहेले बताए । ‘कार्यालय तथा सेवा प्रवाहलाई महिलामैत्री बनाउने उद्धेश्यले स्तनपान कक्ष सञ्चालन गरेका हौँ’ प्रजिअ गैहेले भने ।
कार्यालयमा सेवा लिन आउने महिला सेवाग्राहीले बच्चालाई दुध चुसाउन सहज बनाउन स्तनपान कक्ष बनाएको प्रजिअ गैहेले बताए । पछिल्लो समय कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको संख्या बढ्दै गएको छ । ‘कार्यालयमा सेवा लिन स्तनपान गराउने महिलासगैँ बच्चा पनि आउछँन’ प्रजिअ गैहेले भने,‘सार्वजनिक स्थानमा लाजका कारण बच्चालाई दुध चुसाउदैनन् त्यसैले हामीले कार्यालयमा स्तनपान कक्ष बनाएका हौँ ।’ जिल्लाका कुनै पनि कार्यालयमा स्तनपान कक्ष नहुदाँ महिला र बच्चालाई समस्या हुदै आएको थियो तर प्रसाशन कार्यालयले यो कक्ष सञ्चालनमा आएपछि महिला र बच्चा दुबैलाई सहज हुने जिल्लाका सरोकारवालाले बताएका छन् । भबन डिभिजन कार्यालय दाङको सहयोगमा स्तनपान कक्ष निर्माण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *