पाल्पामा कफी उत्पादनमा वृद्धि

अर्थ/वाणिज्य समाचार स्वास्थ्य

पाल्पा, १ जेठ

पाल्पामा विगत दुई वर्षको अवधीमा कफी उत्पादनमा वृद्धि भएको छ । पाल्पाका कफी कृषकहरुको माग आधारित कार्यक्रम भएकोले उत्पादनमा वृद्धि भएको कृषकहरुले बताएका छन् । पाल्पामा विगत दुई वर्षदेखि किसानको मागमा आधारित रहेर ब्यूटिफुल कफी नेपालले कार्यक्रम सञ्चालन गरेकोले उत्पादनमा वृद्धि भएको हो । परियोजनाले तानसेनमा वार्षिक समीक्षा गर्दै २ वर्षको अवधीमा भएका कार्यक्रम तथा प्रगति सार्वजनिक गरेको छ । पाल्पामा ३ सय ३९ कफी कृषकबाट बढेर ५ सय ९७ जना कृषक भएको, सन् २०१८ मा २८ हजार ४ सय ५५ वटा कफीका विरुवा रोपिएको, चालु आर्थिक वर्षमा २८ हजार ९७ वटा विरुवा रोपण गरिने कार्यक्रम संयोजक आशिष थापाले बताए ।

पाल्पामा आव २०७३ र ०७४ मा १४ हजार ५ सय किलो पार्चमेन्ट, ३ हजार केजी ड्राई चेरी कफी उत्पादन भएको, आव २०७४ र ०७५ मा १६ हजार ५ सय पार्चमेन्ट र ४ हजार ५ सय ड्राई कफी उत्पादन भएको र चालु आर्थिक वर्षको उत्पादन वृद्धि भएपनी लागत संकलनको काम भईरहेको कार्यक्रम संयोजक थापाले बताए । पाल्पामा तानसेन नगरपालिका वडा ५ र ८, निस्दी गाउँपालिकाको वडा ७, बगनासकाली गाउँपालिकाको वडा ३, ६ र ९, रैनादेवी छहरा गाउँपालिकाको वडा ७ र ८, रिब्दीकोट गाउँपालिकाको वडा, २, ३, ४ र ७, तिनाउ गाउँपालिकाको वडा ६, माथागढी गाउँपालिकाको वडा २ र रम्भा गाउँपालिकाको वडा ५ मा ब्यूटिफुल नेपालले कफी उत्पादन कृषकहरुको क्षमता अभिवृद्धि तथा बजारीकरणको क्षेत्रमा काम गर्दै आएको छ । संस्थाले जिल्लाका १२ वटा कफी सहकारीसंग काम गर्दै आएको र आगामी दिनमा ब्लक अनुसार ३ वटा सहकारी थप्ने जनाएको छ । परियोजनाले कफीमा लाग्ने गवारो रोग नियन्त्रण गर्न ७ हजार कफीको बोट काटछाँट गरेको र ४ हजार ४ सय ३७ वटा गवारो लागेका कफीको बोट जलाएर नष्ट गरेको छ । परियोजनाले पाल्पामा ७ सय ५० जनालाई व्यवसायिक कफी कृषकको रुपमा पहिचान दिलाउने, कफीसंगै मिल्दो जुल्टो खेतीको रुपमा अदुवा बेसारलाई विस्तार गर्ने, भारतीय कफी कृषकहरु जस्तै पाल्पाका कृषकहरुलाई पनि व्यवसायिक बनाउने कार्यक्रम रहेको जनाएको छ । कार्यक्रममा परियोजना संयोजक रामचन्द्र तिमिल्सीनाले पाल्पा, गुल्मी, स्याङ्जा र कास्कीमा भएका कार्यक्रम तथा उपलब्धीको बारेमा जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *