पाथीभरा पुरुष भलिबल प्रतियोगिताको उपाधीका लागि पुलिस र आर्मी भिड्ने

खेलकूद समाचार स्वास्थ्य

ताप्लेजुङ, २५ बैशाख


ताप्लेजुङको मैवाखोला स्थित साँघुमा विहिबार सम्पन्न हुने तेश्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधीका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी भिड्ने भएका छन् । बुधबार फाईनल प्रवेशका लागि भएको खेलमा साविक विजेता नेपाल पुलिसले गण्डकी प्रदेश र आर्मीले एपिएफलाई पराजित गर्दै उपाधीका लागि भिडन्त पक्का गरेका हुन् ।

पुलिसले गण्डकीलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । पुलिसले गण्डकीलाई २५–१५, २६–२४, २५–१७ अंकको सोझो सेटमा हराएको हो । यता त्रिभुवन आर्मीले एपिएफलाई ३–१ को सेटमा हराउँदै उपाधी नजिक पुगेको हो । आर्मीले एपिएफलाई २५–२१, २५–२०, २०–२५, २६–२४ को सेटमा हराएको हो । खेलमा उत्कृष्ठ प्रर्दशन गरेका पुलिस क्लबका विशाल विक र आर्मीका धनबहादुर भट्ट म्यान अफ द म्याच घोषित भएका छन् ।

पर्यटन प्रर्वद्धनका लागि भलिबल भन्ने नारा सहित जलजले युवा क्लबले आयोजना गरेको प्रतियोगिता गत २२ गतेबाट सुरु भएको थियो । प्रतियोगितामा ८ टिम सहभागी छन् । प्रतियोगिताको उपाधीका लागि विहिबार दिउँसो प्रतिस्पर्धा हुने छ । बिजेताले नगद ३ लाख ५१ हजार ५ सय रुपैँया नगद प्राप्त गर्ने छ भने उप बिजेताले १ लाख ७६ हजार २ सय ५१ रुपैँया प्राप्त गर्ने जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *