देशभर ३८२ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २९ असाेज

देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ८२ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।

मन्त्रालयको तथ्यांक अनुसार ६८ जना भेन्टिलेटरमा र ३१४ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् ।

संक्रमितको संख्यामध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १७५ जना आइसियु र ५७ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ५४ जना आइसियु र २ जना भेन्टिलेटरमा, प्रदेश १ मा  ३७ जना आइसियु र ६ जना भेन्टिलेटरमा र  प्रदेश २ मा १९ आइसियुमा र १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदुरपश्चिममा ५ आइसियु र ३ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ६ र कर्णाली प्रदेशमा १८ आइसियुमा उपचाररत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *