सृजना नगरका ज्येष्ठ नागरिकहरुको सम्मान कार्यक्रम

विशेष समाचार समाचार
भक्तपुर २० वैशाख
इशानेश्वर मन्दिर क्षेत्र विकास तथा संरक्षण उपभोक्ता समितिको आयोजनामा भक्तपुर नगरपालिका वडा नं. १सृृृृजनानगरको इशानेश्वर मन्दिर प्रागणमा मातातीर्थ औंसीको अवसर शुक्रबार ज्येष्ठ नागरिकहरुको सम्मान कार्यक्रम सम्पन्न भयो ।
ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राज्यले कर्मचारीहरुलाई जस्तै कानुन बनाएर मजदुर–किसानहरुको लागि पनि पेन्सनको व्यवस्था गर्नुपर्ने बताए । कर्मचारीहरुले राज्यको काम गरेबापत पेन्सन पाउँछ, तर मजदुर वर्गलाई लक्षित उपलब्धीमूलक कार्यक्रम नभएको बताए ।
भक्तपुर नगरपालिकाले ज्येष्ठ नागरिकहरुको लागि आदर निकेतनको बन्दोबस्त गर्ने तयारी गरिरहेको र नगरबासी ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्ता सबै वडा कार्यालयहरुमा जनप्रतिनिधिमार्फत वितरण गरिदैं आएको जानकारी दिए ।
सिंहदरबार, बालुवाटारजस्ता देशका प्रमुखहरु बस्ने सार्वजनिक जग्गा व्यक्तिको नाममा हुनुु र अपराधी– कालाबजारीको संरक्षण हुनु पुँजीवादी व्यवस्थाको विकृती भएको बताउनुहुँदै प्रमुख प्रजापतिले पुँजीवादी व्यवस्था कामदार वर्गको हितमा नहुने बताए ।
ज्येष्ठ नागरिकको त्याग र बलिदानले समाज व्यवस्थित ढंगले अगाडि बढ्ने बताउँदै प्रमुख प्रजापतिले समाज र देशको निम्ति निःस्वार्थ रुपमा काम गर्नेहरुको समाजमा सम्मान हुनुपर्ने बताए । प्रमुख प्रजापतिले वर्तमान सरकारप्रति जनताको विश्वास घट्दै गएको बताउँदै नक्कली कम्युनिष्टहरुले गरिब जनताको हितमा ऐन–कानुन नबनाउने प्रस्ट पारे ।
अग्रज नागरिक समाजका अध्यक्ष महाप्रसाद पराजुलीले भक्तपुर जिल्ला देशकै सानो जिल्ला भएर पनि सबैको लागि अनुकरणीय कार्य गरिरहेको बताए ।
कार्यक्रममा अग्रज नागरिक समाजका प्रवक्ता गोविन्द निरौला, दिवनाथ चापागाई लगायतले पनि बोलेको थियो । कार्यक्रममा विभिन्न व्यक्तित्वहरूले आमाको सम्मानमा कविता वाचन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *