ऋषेश्वर लौकिवा महादेव मन्दिरको शिलान्यास

अर्थ/वाणिज्य कला/साहित्य विशेष समाचार समाचार

भक्तपुर, २० वैशाख


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिहीबार भक्तपुर नपा वडा नं. ८ मा अवस्थित ऋषेश्वर लौकिवा महादेव मन्दिरको शिलान्यास गर्नुभयो ।
शिलान्यास कार्यक्रममा प्रमुख प्रजापतिले भूकम्पबाट क्षतिग्रस्त मठ, मन्दिर, पाटी, पौवा, पोखरी, शिवालय आदिको संरक्षणका कामहरू भइरहेको बताउनुुहुँदै भक्तपुरको विकास निर्माणमा स्थानीय जनताको सक्रिय सहभागिताको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।भक्तपुरका जनताको साथ र सहयोगी भावनाले गर्दा अरु ठाउँको तुलनामा भक्तपुर व्यवस्थित र सफा भएको बताउनुहुँदै प्रमुख प्रजापतिले सार्वजनिक सम्पदाहरू गुणस्तरीय ढंगले निर्माण भए पुर्खाले छोडेको सम्पत्ति सुरक्षित रुपमा नयाँ पुस्तालाई हस्तान्तरण गर्न सकिने बताउनुभयो उहाँले ठेक्कापट्टाको काममा जनताको अपनत्व नरहने बताउनुहुँदै भक्तपुर नगरपालिकाले यहाँका सबै सम्पदा संरक्षण कार्यहरु उपभोक्ता समितिमार्फत गरिरहेको बताउनुभयो । प्रमुख प्रजापतिले सुख्खा समयमा खानेपानीको अभावलाई कम गर्न भनपाले विभिन्न वडामा डीप बोरिङको कार्य भइरहेको बताउनुभयो ।


भक्तपुर नपा वडा नं.८ का वडाध्यक्ष महेन्द्र खायमलीले सार्वजनिक निर्माणमा नगरवासीहरुलाई उत्तरदायी बनाउन सके गुणस्तरीय निर्माण हुने बताउनुहुँदै भक्तपुर नगरपालिकाले जनताकेन्द्रित गतिविधिमा जोड दिइरहेको बताउनुभयो ।

ऋषेश्वर लौकिवा महादेव मन्दिरको पुनःनिर्माण वडा बजेटबाट हुने जानकारी गराउनुुहुँदै अध्यक्ष खायमलीले उपभोक्ता समितिमा बसेर कार्य गर्न र जनश्रमदानको लागि प्रेरित गर्नुभयो ।कार्यक्रममा उपभोक्ता समितिका अध्यक्ष विवेक कुस्मा, वडा सदस्य कृष्णगोपाल छुस्याबाग र स्थानीय कृष्णप्रसाद कुस्माले मन्दिर पुनःनिर्माणमा वडाबासीहरुको सक्रिय सहभागिताको लागि आह्वान गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *