Friday, May 17, 2024

भक्तपुरमा पाँचदिने इलेक्ट्रोनिक्स एक्स्पो

अर्थ/वाणिज्य समाचार
भक्तपुर, ७ पुस
भक्तपुरमा तेस्रो इलेक्ट्रोनिक्स एक्स्पो हुने भएको छ ।

पुस २६ देखि ३० गतेसम्म पाँच दिन तेस्रो इलेक्ट्रोनिक्स एक्स्पो हुने आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघले भक्तपुरको सल्लाघारीस्थित १०७  रोपनी चौरमा एक्स्पो गर्ने जनाएको छ ।

संघका अध्यक्ष पुण्यराम खाताखोले भक्तपुरलाई विद्युतीय सामग्रीको हबका रूपमा विकास गर्ने उद्देश्यले एक्स्पो गर्न लागिएको जानकारी दिए ।

उनले संघले प्रत्येक चार वर्षमा एक्स्पो गर्दै आएको जानकारी दिए ।

एक्स्पो सफल पार्न संघका उपाध्यक्ष माधवप्रसाद प्रजापतिको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ ।

एक्स्पोमा एकसय ५० वटा स्टल रहने छ । एक सय वटामा विद्युतीय सामग्रीसँगै सूचना प्रविधि र बाँकीमा भक्तपुरका मौलिक उत्पादन, अटोमोबाइलका स्टल हुने आयोजले जानकारी दिएको छ ।

एक्स्पोमा २ लाख अवलोकनकर्ता अवलोकन गर्ने तथा ५० करोड कारोबार हुने लक्ष्य रहेको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *