पोखरा महानगरका तीन योजनाका लागि योजना आयोगसंग साझेदारी

समाचार

कास्की, ४ पुस


पोखरा क्षेत्रमा राष्ट्रिय योजना आयोग र पोखरा महानगरपालिकाको समपूरक साझेदारी अन्तर्गतका ३ आयोजनाको काम अगाडि बढाइने भएको छ । पोखरा महानगरपालिकाले काम सुरु गरिसकेका तीन आयोजनामा थप काम गर्न आयोगसँग साझेदारी गरेको हो ।
साझेदारीमा पोखरा महानगर २० मा मनिपाल ¥यालेचौर भलाम सडक खण्डमा पोखरा महानगरको १ करोड २० लाख र योजना आयोगको समेत १ करोड २० लाख गरी कूल २ करोड ४० लाखको साझेदरीमा काम अगाडि बढाइने पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बताए ।
त्यसैगरी बैदाम, पामे घाँटीछिना सडक खण्डमा महानगर र योजना आयोगले १ करोड ६० लाखका दर दरले लगानी गरी काम अगाडी बढाइने छ । यस्तै विजयपुर—कालिका—माझठाना बेगनास सडकमा समेत दुबै संस्थाको गरी ४ करोडको लागतमा काम अगाडी बढाइने छ ।
यी तीन वटै आयोजनाहरु ३ वर्षीय आयोजना अन्तर्गत महानगर पालिकाले गत आर्थिक वर्षदेखि अगाडि बढाएको हो ।
यसैगरी राष्ट्रिय योजना आयोगको विशेष अनुदान अन्तर्गत १ करोडको लागतमा सराङकोट खानेपानी आयोजना, ८० लाखको लागतमा पोखरा २८ गहुँकाट्ने, गोतेनबारी जौबारी लिफ्टिङ खानेपानी आयोजना, २ करोडको लगानीमा पोखरा ११ काहुँ खानेपानी आयोजना, १ करोडको लगानीमा सडक बालबालिका पुनस्र्थापना केन्द्रको काम समेत अगाडि बढाउन बजेट विनियोजन भएको जिसीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *