पत्रकारिताका विद्यार्थीहरु प्रेस र रेडियोमा

विशेष समाचार शिक्षा समाचार

भक्तपुर, ३ पुस


वागीश्वरी मावि कक्षा ११ मा आमसञ्चार तथा पत्रकारिता विषय अध्ययनरत विद्यार्थीहरुले मंगलवार प्रेस र रेडियोको भ्रमण गरेका छन् ।
हरेक वर्ष यस विषयसँग सम्बन्धित फिल्ड भिजिटका क्रममा यस वर्ष भक्तपुर मूलढोकास्थित डिजिटल प्रिन्टलिंक र कमलविनायक पाइपलाइनस्थित रेडियो जनसञ्चारको अवलोकन भ्रमण गरेका हुन् ।


डिजिटल प्रिन्टलिंकका सञ्चालक एवम् प्रबन्धक रामसुन्दर खाईजूले प्रेसको कम्प्युटर डिजाइनिङ र सेटिङका विषयमा जानकारी दिएका थिए । प्रेस अपरेटर राजन फैजूले प्रेसका विविध पक्षहरुबारे जानकारी दिएका थिए । उनले प्रेसमा प्लेट बनाउने तरीका, कागज काट्ने तरीका, प्रेस चलाउने तरीका तथा मुद्रण गर्ने तरीकाबारे बताएको थियो ।


त्यस्तै विद्यार्थीहरुले भक्तपुरको सामुदायिक एफ एम रेडियो जनसञ्चार १०७ दशमलव ९ मेगाहर्जबारे अध्ययन गरेका छन् । कमलविनायक पाइपलाइनमा अवस्थित उक्त एफ एमबारे पत्रकारिता शिक्षक एवम् जनसञ्चार गृहका महासचिव प्रेम प्रजापति र सदस्य सरस्वती साँयजूले एफ एमको सञ्चालन विधि तथा प्रक्रियाका बारेमा स्पष्ट पारेका थिए । उनीहरुले विद्यार्थीहरुको ध्वनी परीक्षण गराएका थिए । स्टुडियो र प्राविधिक पक्षको जानकारी गराउँदै उनीहरुले सामुदायिक रेडियो र व्यापारिक रेडियोबारे बताएका थिए ।
यस वर्ष वागीश्वरी माविमा कक्षा ११ मा पत्रकारिता अध्ययन गर्ने विद्यार्थीहरु १ सय २० जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *