प्रजातन्त्र दिवसमा सडक सरसफाइ

समाचार

धरान, ७ फागुन


धरान उपमहानगरपालिकाले ६९औँ राष्ट्रिय प्रजातन्त्र दिवस बृहत्रूपमा सरसफाइ गरेर मनाएको छ । हिजो, आज र भोलि गरी तीन दिनसम्म धरान उपमहानगरभित्रको कोशी राजधमार्ग सफाइ गरिने कार्यवाहक उपमहानगरप्रमुख मञ्जु भण्डारीले जानकारी दिए ।

सङ्घ तथा प्रदेश सरकारको निर्णयअनुसार आज विहान ६ बजे धरानको तीनकुनेदेखिको राजमार्ग सफाइ गरिएको थियो । सरसफाइमा उपमहानगरका कर्मचारी, जनप्रतिनिधिसँगै नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरीसँगै धरानका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको पनि उलेख्य सहभागिता थिायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *