९९ लट पुगेर रोकियो मोटरसाईकलको दर्ता, ३ अंकको बनाउन कानुनी समस्या

अर्थ/वाणिज्य समाचार

न्यूज अपडेट भक्तपुर
काठमाडौं, १७ असोज

बागमती अञ्चलमा २ पाँग्रे मोटरसाईकलको लट १ सयमा पुगेपछि यसको दर्ता रोकिएको छ । चाडपर्वको अवसरमा मोटरसाईकल तथा स्कुटर किन्नेको अत्याधिक चाप भएकाले यसको लट एक्कासी १०० मा पुगेको हो । अरुबेला कमै मात्रामा हुने मोटरसाईकलको दर्ता दशैं तिहारको बेला भने यसको दर्ता बढ्ने गरेको सम्बद्ध कार्यलयको दावि छ । उक्त लट नंवर ३ डिजिटको बनाउन निर्देशिका प्रधानमन्त्री कार्यलयमा पेश गरेपनि उक्त कार्यमा ढिलाई भएकाले लट नंवर ३ डिजिटको बनाउन ढिलाई भएको यातायात व्यबस्था विभागले जानकारी दिएको छ । विभागका अनुसार पुरानो निर्देशिकामा लट नंवर ९९९९ सम्म मात्रै राख्न मिल्ने भएपछि उक्त निर्देशिकालाई संशोधन गर्दै लट नंवर ३ डिजिटको बनाउनका लागि प्रधानमन्त्री कार्यलयका निवेदन पेश गरिएको हो । बागमती अञ्चलमा बाईकको लट १ सय पुगेसँगै दर्ता हुने बाईकहरुको संख्या १ हजार पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *