नेवार समुदायको मौलिक पर्व मोहनी नखः

  गौतमबुद्ध बज्राचार्य काठमाडौँ, २८ असोज वाङ्गु लप्ते तुयु बजी हाकु मुस्या क्या मज्जा पालु छोय्ला द्यने ब्वया न्हिला ख्वालँ झन् बाँला । (हरियो लपस सेतो चिउरा कालो भटमास क्या मज्जा पिरो छोयला माथितिर राख्दा हाँसेको भावले झन् राम्रो) यो नेवारी गीतको धुनसँगै नेवार समुदायमा मोहनी नखः शुरु भएको छ । हरियो पातको टपरीमा सेतो […]

Continue Reading

सूर्यविनायकमा अनुगमन – गुणस्तरहीन मासु बिक्री

रमेश गिरी भक्तपुर, २८ असोज सूर्यविनायक नगरपालिका क्षेत्रका अधिकांश मासु पसलमा झिङ्गा भन्केका, गनाउने र गुणस्तरहीन मासु बिक्री वितरण भइरहेको पाइएको छ । आज सूर्यविनायक नगरपालिकाले सूर्यविनायकदेखि सल्लाघारीसम्म रहेको मासु पसलको अनुगमन गर्दा अधिकांश मासु पसल फोहर, हरियो झिङ्गा भन्केको, गन्हाउने र खान योग्य नभएको मासु बिक्री गरेको पाइएकोहो । नगरपालिकाका उपप्रमुख जुना बस्नेतको नेतृत्वमा […]

Continue Reading

हिउँ आँधीमा परेकाको शव काठमाडौँमा

पोखरा, २८ असोज म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा अवस्थित गुर्जा हिमाल आरोहणका क्रममा आधार शिविरमै हिम आँधीमा परेर ज्यान गुमाएका आठ जनाको शव आज पोखरा हुँदै काठमाडौँ पठाइएको छ । शुक्रबार बेलुकी गुर्जा हिमालमा अचानक आएको हिउँ आँधीमा चार नेपाली र पाँच कोरियालीसहित नौ जनाको निधन भएको थियो । हेलिकप्टरमा घटनास्थल पुगेका तालीमप्राप्त उद्धारकर्मीको टोली आधार […]

Continue Reading

सेनाको उपहारः निःशुल्क बस

काठमाडौँ, २८ असोज नेपाली सेनाले आगामी विजयादशमीका दिन सर्वसाधारण यात्रुलाई सुविधा दिने उद्देश्यले काठमाडौँ उपत्यकाभित्र आठ मार्गमा निःशुल्क बस चलाउने भएको छ । दशैँका बेला सार्वजनिक सवारी साधन न्यून मात्र चल्ने भएकाले सैनिक तथा गैरसैनिक व्यक्तिको आवागमनमा सुविधा पु¥याउने उद्देश्यले ती मार्गमा बस चलाउने निर्णय भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । तीस […]

Continue Reading

समाजवादोन्मुख शिक्षाको पच्चीस वर्षे दूरदृष्टि पहिल्याइँदै

काठमाडौँ, २८ असोज उच्चस्तरीय शिक्षा आयोग समाजवादोन्मुख शिक्षाको मार्गदर्शक दर्शन र सिद्धान्तका आधारमा आउँदो २५ वर्षको दूरदृष्टि तर्जुमा गर्न जुटेको छ । सङ्घीय नेपालको समृद्धिको लक्ष्यअनुकूल शिक्षा नीति निर्माणका लागि नेपाल सरकारले गठन गरेको सो आयोगले प्रारम्भिक बाल विकासदेखि उच्च शिक्षासम्म गुणस्तर, पहुँच, समता, समावेशिता, सान्दर्भिकताको खोजी गरिरहेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री […]

Continue Reading

स्व.बाँस्तोलाप्रति सभापति देउवाद्वारा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली

काठमाडौँ, २८ असोज नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेता चक्रप्रसाद बाँस्तोलाको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेको छ । बाँस्तोलाको पार्थिव शरीरमा सभापति देउवाले आइतवार ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेको हो । बाँस्तोलाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अपराह्न १३ः३० देखि १६ः३० बजेसम्म पार्टी कार्यालय सानेपामा राखिएको थियो । बास्तोलाको शनिबार […]

Continue Reading

पाराग्लाइडिङ विश्वकप हुने

काठमाडौँ, २८ असोज नेपाल पाराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घ, नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लब स्याङ्जाको संयुक्त आयोजनामा नेपालमा पहिलो पटक पाराग्लाइडिङ विश्वकप हुने भएको छ । हालै इन्डोनेसियामा सम्पन्न १८औँ एशियाली खेलकुद प्रतियोगितामा नेपालको लागि एक मात्र रजत पदक दिलाउन सफल खेल पाराग्लाइडिङको पहिलो पटक नेपालमा नै पाराग्लाईडिङ्ग विश्वकप आयोजना गर्न लागिएको संघका महासचिव […]

Continue Reading

राजनीतिक र सांस्कृतिक स्तर उठाउन प्रशिक्षण आवश्यक

भक्तपुर, २७ असोज नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले सहकारीले आर्थिक प्रगति गरेर सेवा सुविधा दिएझैं सदस्यहरूको राजनीतिक र सांस्कृतिक स्तर उठाउन प्रशिक्षणात्मक कार्यक्रम गर्नुपर्ने बताएको छ । भक्तपुर बचत तथा ऋण सहकारी संस्थाको २१ औं वार्षिक साधारणसभाको बाँसुरी बाजाको मङ्गल धुनमा समुद्घाटन गर्दै उनले सरकार दूरदर्शी नभएको कारण केन्द्र, प्रदेश र […]

Continue Reading