‘चङ्गा चेट’को फस्टलुक सार्वजनिक, चंगामा कलाकार

काठमाडौं, २१ असोज सिनेमा ‘चङ्गा चेट’ निर्माण टिमले फस्टलुक पोष्टर सार्वजनिक गरेको छ। पोष्टरमा फिल्मका मुख्य कलाकारलाई उडेको चंगा भित्र राखिएको छ। कार्तिक १६ बाट प्रदर्शनमा आउने सिनेमा चंगा चेट माधव वाग्ले र शर्मिला पाण्डेको निर्माण तथा दिपेन्द्र के खनाल निर्देशनमा तयार भएको हो। यस अघि २ गीत ‘गोजीमा दाम छैन’ र ‘ढल्की ढल्की नाचन’ […]

Continue Reading

बाहिरी चक्रपथमा पर्ने जग्गा किनबेचमा रोक लगाउने तयारी

चक्रपथको डीपीआर बनाउने जिम्मा चाइना इनर्जीले पाउँदै काठमाडौं, २१ असोज सरकारले तीन महिनाभित्र डीपीआर तयार गर्ने र पाँच वर्षभित्र आयोजना सम्पन्न हुने गरी बाहिरी चक्रपथ निर्माणको जिम्मा चिनियाँ कम्पनी ‘चाइना इनर्जी’ लाई दिने गृहकार्य थालेको छ । यससँगै शहरी विकास मन्त्रालयले बाहिरी चक्रपथमा पर्ने जग्गा रोक्का गरेर ८ आनाभन्दा कममा टुक्रा गर्न र बेचविखनसमेत गर्न […]

Continue Reading

भारतले रूससँग किनेकाे क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली कस्ताे हो?

भारतविरूद्ध अमेरिकी प्रतिबन्ध अब ट्रम्पकाे तजबिजमा निर्भर एजेन्सी  २१ असोज भारतले रुसबाट खरिद गरेको एस ४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई भारतीय मिडियाहरुले दक्षिण ‘एशियाली सुरक्षामा नयाँ उपलब्धि’ रुपमा व्याख्या गरिरहेका छन्। जमिनबाट अकाशमा मार हान्ने यो प्रतिरक्षा प्रणाली रणनीतिक महत्वका ठाउँको सुरक्षाका लागि खटाइन्छ। युद्धको समयमा पेट्रोलिय खानी वा विमानस्थलजस्ता सामारिक महत्वका ठाउँको सुरक्षामा यो प्रणाली तैनाथ हुने […]

Continue Reading

आफ्नै रेल नेपालमा चलाउन भारतको प्रस्ताव

काठमाडौं, २१ असोज भारतको जयनगरदेखि धनुषाको कुर्थासम्मको ३५ किलोमिटरमा असोज–कार्तिकभित्रै रेल सञ्चालन गरिने योजना रहेपनि नेपालको तर्फबाट कस्तो रेल सञ्चालन गर्ने भन्ने अन्योल बढेको छ। नयाँ रेल नै किनेर सञ्चालन गर्ने नेपालको योजना रहेपनि खरिदका लागि समय र बजेट अभावका कारण नेपालको आफ्नै रेल सञ्चालन गर्न नसकिने स्थिति सिर्जना भएको छ। ‘हामी आफैले रेल किनेर […]

Continue Reading

सल्यानमा गाउँपालिकाले बिमानस्थल सञ्चालन गर्ने, ८१ करोड बढी लागत लाग्ने अनुमान

सल्यान, २१ असोज सल्यानमा बिमानस्थल निर्माण हुने भएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ लेखपोखराको लेखानाचौरमा बिमानस्थल निर्माण हुने भएको हो । आइतवार लेखपोखरा बिमानस्थल पूर्व सम्भाव्यता अध्ययन प्रतिबेदन सार्वजनिक गर्दै बिमानस्थल निर्माणको लागि लेखपोखरा नै उपयुक्त भएको बताइएको छ । राप्ती राजमार्गको लान्ती बजारदेखि करीब १५ किमीको दूरीमा सम्भाव्यता अध्ययन गरिएको बिमानस्थल […]

Continue Reading

मन्त्रिपरिषद् बैठक, सरकारले ऊर्जामा लगानी बढाउन रू. ११ अर्ब ६३ करोड ऋण लिने

काठमाडौं, २१ असोज सरकारले ऊर्जा क्षेत्रमा लगानी बढाउनका लागि रू. ११ अर्ब ६३ करोड ऋण लिने भएको छ । सरकारले विश्व बैङ्क समूहको अन्तरराष्ट्रिय विकास संस्थाबाट ऊर्जा क्षेत्रमा लगानी बढाउने कार्यका लागि उक्त रकम बराबरको ऋण स्वीकृत गर्नको लागि अर्थसचिवलाई अख्तियारी प्रदान गरेको छ । आइतवार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो । यसैगरी […]

Continue Reading

चिनीको अभाव भयो भनेर समाचार लेख्नेलाई बोराका बोरा जीउमा हालेर पठाइदिन्छौंः मन्त्री यादव

काठमाडौं, २१ असोज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले अहिले चिनीको अभाव नभएको र बजार भाउपनि नबढेको स्पष्ट पारेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री यादवले उपभोक्ताले सस्तो मूल्यमा आवश्यक सामग्री खोज्नु स्वभाविक भएको बताउँदै अहिले चिनीको कुनै अभाव नरहेको बताएका हुन् । उनले भने, ‘बजारमा चिनीको कुनै अभाव छैन । […]

Continue Reading

६३औं प्रहरी दिवसका अवसरमा रनिङ कप भलिबल प्रतियोगिता

काठमाडौं, २१ असोज ६३औं प्रहरी दिवस २०७५ को अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालित प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिता २०७५ सम्पन्न भएको छ। प्रतियोगिता समापनका अवसरमा आइतबार प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेपाल प्रहरी खेलकूद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रथम हुने टीम ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङ र विभिन्न विधामा उत्कृष्ट […]

Continue Reading

बौद्ध विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरकै बौद्ध अध्ययन केन्द्र बनाउनुपर्ने

काठमाडौँ, २१ असोज विसं २०६१ मा स्थापना भएको लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापनाको छोटो समयमा प्रकाण्ड बौद्धविद्धान उत्पादन गर्ने महत्वपूर्ण केन्द्रको रूपमा अघि बढेको छ । सरकारबाट सो विश्वविद्यालय स्थापना भएको लामो अवधिसम्म पनि एउटा सानो भवनबाट सञ्चालन भई आएको र थोरै बजेटका बाबजुद पनि यो विश्वविद्यालय १४ वर्षको अवधिमा बौद्धधर्म अध्ययन गरी विद्यावारिधि गर्नेको सङ्ख्या […]

Continue Reading

विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै

काठमाडौँ, २१ असोज विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता कात्तिक २७ गतेदेखि धनगढीमा हुने भएको छ । सुदूरपश्चिम प्रदेश आर्थिक, सामाजिक र पहुँचको हिसाबले पछाडि परे पनि खेलकूद क्षेत्रमा यो प्रदेशले आफ्नो छुट्टै पहिचान बोकेको भन्दै धनगढीमा राष्ट्रव्यापी खेलकूद प्रतियोगिताको आयोजना गरिएको आयोजक कमिटीले जनाएको छ । शनिबार यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक कमिटीले प्रतियोगिताबारे जानकारी दिएको […]

Continue Reading