पाकिस्तानमा भारतीय सामग्री प्रसारणमा प्रतिबन्ध

इस्लामाबाद, ११ कात्तिक पाकिस्तानको सर्वोच्च अदालतले तल्लो अदालतको पूर्व आदेश उल्ट्याउँदै पाकिस्तानका टेलिभिजन च्यानलमा सबै भारतीय सामग्री प्रसारण गर्न प्रतिबन्ध लगाउन आदेश दिएको छ । सर्वोच्च अदालतका प्रधान न्यायाधीश सकिब निसारले पाकिस्तानी टेलिभिजन च्यानलमा विदेशी सामग्री प्रसारणसँग सम्बन्धित प्रोड्युसर सङ्घले दायर गरेको मुद्दाको सुनुवाई गर्दै यस्तो आदेश दिएको हो । पाकिस्तानी अखबार डनले पाकिस्तानको उत्तरी […]

Continue Reading

नेपालले पाकिस्तानलाई फराकिलो अन्तरले पराजित

काठमाडौँ, ११ कात्तिक एएफसी १९ वर्षमुनिको (यू–१९) महिला च्याम्पियनसिप छनोटअन्तर्गत समूहको आइतवार भएको अन्तिम खेलमा नेपालले पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको छ । थाइल्याण्डको चोनबुरी रङ्गशालामा भएको खेलमा नेपालले पाकिस्तानलाई ९–० गोलअन्तरले पराजित गर्दै जीत हात पारेको हो । खेल शुरुआतको दुई मिनेटमा नेपालकी मञ्जलीकुमारी योञ्जनले पहिलो गोल गर्दै खाता खोलिन् । खेलको पहिलो हाफको […]

Continue Reading

कोटेश्वरको सवारी चाप हटाउन पहल

काठमाडौँ, ११ कत्तिक कोटेश्वर जडीबुटी क्षेत्रमा सवारीको चापका सास्ती भोगिरहेका उपत्यकावासीलाई राहत दिने गरी निर्माण गरिएको हनुमन्ते करिडोर सडक कालोपत्रे गरिएको छ । पहिलो चरणमा जडीबुटीको पुलदेखि आँखा अस्पताल हुँदै हनुमन्ते करिडोरसम्मको सडक कालोपत्र गर्ने कार्य सम्पन्न भएको हो । त्यस्तै दोस्रो चरणमा हनुमन्ते तथा मनोहरा नदीको दोभानदेखि बालकुमारीसम्मको सडक निर्माण कार्य पनि अघि बढाइएको […]

Continue Reading

काठमाडौँमा चिसो बढ्यो

काठमाडौँ, ११ कात्तिक काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । दशैँअघिसम्म अधिकांश भागमा गर्मी महसुस भए पनि दशैँलगत्तै तापक्रम घटेको छ । आइतबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलब शून्य डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तापक्रम घटेकाले उपत्यकामा चिसो महसुश गरिएको छ । यद्यपि दिउँसोको समयमा भने तापक्रम केही बढी छ । […]

Continue Reading

सरकारी जग्गा कीर्ते गरी बेचेको अभियोगमा मुद्दा

काठमाडौँ, ११ कात्तिक अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा कीर्ते कागजात गरी भ्रष्टाचार गरेको अभियोगमा जिल्ला मालपोत कार्यालय, परासीका कर्मचारीसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार परासीको साविक जयखानी–३ गुल्मीका दीपक सुनारले साविक तिलकपुर गाविस–५ हाल सरावल गाउँपालिका–१ को सार्वजनिक जग्गा कीर्ते कागजात तयार गरी लुम्बिनी ग्यास उद्योगलाई बेचबिखन गरेको […]

Continue Reading

नोभेम्बर ११ लाई अनलाइन बिक्री दिनका रुपमा मनाइने

काठमाडौँ, ११ कात्तिक आउँदो नोभेम्बर ११ ९कात्तिक २५ गते० लाई विश्वकै सबैभन्दा ठूलो अनलाइन बिक्री दिनका रुपमा मनाइने भएको छ । अनलाइन बजारको काम गर्दै आएको दराजले मोबाइल एपमार्फत् अनलाइन बिक्री गर्ने आइतवार यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । यो कार्यक्रमलाई ११ दशमलब ११ नाम दिइएको छ । यसको शुरुवात् सन् २००९ मा […]

Continue Reading

सुशासनका लागि सूचना अनिवार्य

खलङ्गा, ११ कात्तिक राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले नागरिकले सूचना बढी पाएमा सुशासन कायम हुने बताएको छ । सूचना आयोगले जुम्लामा कार्यालय प्रमुख र सूचना अधिकारीलाई सूचनाको संरक्षण, सम्वद्र्धन र प्रचलनमा राष्ट्रसेवक कर्मचारीको भूमिका विषयको अन्तरक्रिया उनले सूचनाको हकसम्बन्धी कानूनी व्यवस्थाबारे जानकारी दिए । बाँस्कोटाले राष्ट्रिय सूचना आयोगको कार्यालय काठमाडौँमा मात्रै भए पनि […]

Continue Reading

देशभर एकैपटक प्रधानमन्त्री रोजगार कार्यक्रम, बेरोजगारलाई राज्यबाट तलब

काठमाडौं, ११ कात्तिक सरकारले देशभर एकैपटक संचालनमा आउने गरि रोजगार कार्यक्रम संचालनको तयारि थालेको छ। बेरोजगार र विपन्न युवालाई समेट्ने गरि देशभर एकैपटक ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ संचालन गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। ७ सय ५३ वटै स्थानीय निकायमा रोजगार सेवा केन्द्र स्थापना गरि यो कार्यक्रम संचालन गरिने प्रधानमन्त्री रोजगार कार्यक्रम शाखाका […]

Continue Reading

फोरलेन सडकमा पाँच पुल निर्माणाधीन

वीरेन्द्रनगर, ११ कात्तिक कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा निर्माणाधीन फोरलेन सडकमा पुल निर्माणको काम शुरु भएको छ । धुलियाबिट–बाङ्गेसिमल सडक खण्डअन्तर्गत पायल प्रविधिबाट पाँच ओटा पुल निर्माणको काम शुरु गरिएको हो । वीरेन्द्रनगरमा फोरलेन सडक निर्माणकै क्रममा छ । चालू आर्थिक बर्षबाट शुरु गरिएको पाँच खोलामा पक्की पुल निर्माणको लागि विभिन्न तीन वटा निर्माण व्यवसायी कम्पनीले […]

Continue Reading

खोला प्रदूषित गरेको भन्दै वीरगंजका १० उद्योगमाथि अदालतमा मुद्दा

वीरगञ्ज, ११ कात्तिक पर्सा जिल्ला भएर भारततर्फ बग्ने श्रीर्सिया खोलाको प्रदूषणको सम्बन्धमा कानुनी उपचार खोज्न पर्सा जिल्ला अदालतमा मुद्दा परेको छ। पर्साका अधिवक्ता सुरेन्द्रप्रसाद कुर्मीले शुक्रबार मुद्दा दर्ता गराएका हुन्। सार्वजनिक सरोकारको विषय भएकोले हालको कानुनी अधिकारको प्रयोग गर्दै उपचार खोज्न श्रीर्सिया खोला प्रदूषण गर्ने प्रमुख भूमिका निर्वाह गर्ने ११ जनाविरुद्ध मुद्दा दायर गरेको उनले […]

Continue Reading