ब्रम्हायणी पीठमा सरसफाई

समाचार

भक्तपुर, १५ असोज

भक्तपुर नगरपालिकाको आयोजनामा दशैलाई लक्षित गरी स्थानीय ब्रम्हायणी पीठमा सोमवार सरसफाई कार्यक्रम गरेको छ ।
कार्यक्रममा स्थानीय टोलका ३० भन्दा बढी दाफा, भजन, स्कूल, कलेज, संघ संस्थाहरुको उत्साहवद्र्धक सहभागिता रहेको थियो ।
आउँदो विजया दशमीमा यहाँ देश विदेशका लाखौं भक्तजनहरुको ओइरो लाग्ने भएकाले पहिलो दिन घटस्थापना र विजया दशमीको दिन यहाँ ठूलो मेला लाग्ने गर्छ ।
सो दिनमा यहाँ कुनै खालका अप्रिय घटना नहोस् भनेर यहाँका टोलवासीहरु घटस्थापनाअगावै विभिन्न खालका सफाई गतिविधि, सडक बत्ति जडान, खोलाको सफाईलगायतका क्रियाकलाप गरेका हुन्छन् । सोही क्रममा भएको यस कार्यक्रममा भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापति, ९ वडाका अध्यक्ष एवं नगरपालिका वातावरण समितिका संयोजक रवीन्द्र ज्याख्व, वडा सदस्य छोरीमैँया सुजखुले सफाई अभियानबारे आफ्नो विचार राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *