न्यूज अपेडेट भक्तपुर
काठमाडौं, १६ असोज
सन नेपाललाइफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना ग्राहकहरुका लागि १८ खालका घातक रोगको उपचारार्थ आर्थिक सुरक्षा दिने उद्देश्यले कम्पनीमा प्रचलनमा ल्याएको बालबच्चा जीवन बीमाबाहेक अन्यजीवन बीमा योजनाहरुमा उक्त घातक रोगहरु समावेश गरी थप सुविधा प्रचलनमा ल्याएको छ । यस्तो सुविधा १६ वर्षको उमेरदेखि नै लिन सकिने हुँदा न्यूनतम बीमा शुल्कमा भविष्यमा हुन सक्ने घातक रोग विरुद्ध पूर्ण सुरक्षा प्रदान गर्दछ । यो योजनाको विशेषता भनेको न्यून बीमा शुल्कमा बीमितको भविष्य सुरक्षित गर्नु हो । यो सेवा कम्पनीको सम्पूर्ण शाखाहरुका साथै यस कम्पनीसँग बैंकास्युरेन्स सेवा लिएका बैंकहरुबाट लिन सकिने जारी विज्ञप्तिमा उल्लेख छ ।