२७०० अंकमा राेकियाे सेयर बजार, काराेबार ३ अर्ब ६८ कराेडमा सीमित

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

काठमाडाैं, २ फागुन

अधिकांश कम्पनीको सेयर मूल्य बढेपनि साेमबार सेयर बजारमा उत्साह देखिएन । आइतबार एक सय अंकले घटेको सेयर बजार साेमबार भने ०.०८ अंकले बढेर बन्द भएको छ ।

सोमबार १११ कम्पनीको सेयर मूल्य बढ्दा ६९ कम्पनीको मूल्य घट्याे भने ११ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन ।

सोमबार कुल काराेबार रकम ३ अर्ब ६८ कराेड ४० लाखमा सीमित रह्याे । आइतबार ५ अर्ब बढीको सेयर काराेबार भएको थियाे ।

काराेबारमा आएका १३ उपसमूह मध्ये ५ उपसमूह राताम्य हुँदा ७ उपसमूहमा हरियाली छायाे भने लगानी उपसमूह स्थिर रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *