भक्तपुरको आर्दश र लोकन्थलीमा बम डिस्पोज गरियो

विशेष समाचार समाचार

भक्तपुर २९ साउन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज गरेको बन्दका क्रममा उपत्यका लगाएत बिभिन्न स्थानमा बम राखेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

यस्तै आज बिहानै भक्तपुरका दुई स्थानमा विप्लव समुहले राखेको प्रेसर कुकर बम नेपाली सेनाले डिस्पोज गरेको छ । भक्तपुरकोआर्दश  र लोकन्थलीमा एका बिहानै बम राखेको हल्ला चलेपछि उक्त स्थानमा पुगेर नेपाली सेनाले बम डिस्पोज गरेको छ ।

दुवै स्थानमा बम झोलामा राखेको अवस्थमा भेटिएको र दुवै ठाउँको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए । उनले शान्ति सुरक्षाका लागि प्रहरी गस्ती र सादा पोशाकमा प्रहरी परिचालन गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *