स्ट्याण्डर्ड चार्टर्डद्वारा तेस्रो सम्वाददाता बैंकिंङ्ग एकेडेमी कार्यशाला

अर्थ/वाणिज्य समाचार

काठमाडौं, १४ असोज


स्ट्याण्डर्ड चार्टर्डद्वारा तेस्रो सम्वाददाता बैंकिङ्ग एकेडेमी कार्यशालाको आयोजना गरेको छ ।

उक्त बैंकले असोज ११ गते बिहीवार संवाददाता बैंकिङ्ग एकेडेमीको तेस्रो एकदिवसीय कार्यशाला गोष्ठीको आयोजना गरेको हो । कार्यशालामा विभिन्न वाणिज्य बैंकहरुबाट सयभन्दा बढी वरिष्ठ र मध्यम स्तरका व्यवस्थापकीय कर्मचारीहरु विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी सहभागी भएका थिए । सो अवसरमा स्ट्याण्डर्ड चार्टर्डका सीईओ जोसेफ सिल्भानसले कार्यशालाका सहभागीलाई स्वागत गरेको थियो ।

समारोहलाई सम्बोधन गर्ने क्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले आजको संसारमा वित्तिय अपराध अनुपालन गर्नुपर्नेमा जोड दिंदै यसका लागि सम्बन्धित निकायबीच समन्वय र सहकार्य हुनु जरुरी रहेको बताए । यस्तै नेपाल राष्ट्र बैंकका वित्तीय अनुसन्धान इकाईका देवेन्द्र गौतमले राष्ट्र बैंकका विभिन्न गतिविधिहरुका साथै त्यसले चालेका कदमहका बारेमा प्रकाश पारे । यसैगरी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका प्रमुख जीवनप्रकाश सिटौलाले कार्यशाला गोष्ठीको समापन गर्दै संयुक्त लेखाजोखामाथिको महत्व र नेपाली सेक्टरमा बर्तमान अवस्थाका बारेमा चित्रण गरेको थियो ।

कार्यशालामा सहभागीबीच वित्तीय अपराध र अनुपालनको महत्वपूर्ण पक्षहरु नगद, व्यवसायमा आधारित अवैध–सम्पत्ति शुद्धीकरण, वित्तीय अपराधको न्यूनीकरणमा सक्रिय दृष्टिकोण अपनाउनेजस्ता विषयहरुमा गहन छलफल भएको थियो । यसैगरी, कार्यशालाले थाहा पाउनुहोस आफ्नो ग्राहक (केवाइसी) र वैदेशिक गतिविधि नियन्त्रण बलसँग मिलेर सहकार्य गर्दै वित्तीय अपराध अनुपालन कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

कार्यशालाको सहजीकरण स्ट्याण्डर्ड चार्टर्ड बैंक, सिंगापुरका एफसीसी नियन्त्रणका क्षेत्रीय प्रमुख प्याट्रिक बर्न्स, स्ट्याण्डर्ड चार्टर्ड बैंकका जीसीएनए, आसियन र साउथ एशियाका क्षेत्रीय युएस ल अनुपालन अधिकृत, सुसन मर्चैन्ट र स्ट्याण्डर्ड चार्टर्ड साउथ एशिया, टिबी करेस्पोण्डेन्ट बैंकिङ्गका क्षेत्रीय प्रमुख शिवरमन सुब्रहमण्यमले गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *