मौका परीक्षाको नतिजा सार्वजनिक

भक्तपुर, ३ असोज राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि मौका परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले परीक्षामा ७६ हजार २२७ सहभागी भएकामा नतिजाअनुसार ‘ए प्लस’ ल्याउने ८४, ‘ए’ ल्याउने २८४, ‘बी प्लस’ ल्याउने ८४० रहेका छन् । बोर्डका परीक्षा नियन्त्रक शर्माका अनुसार परीक्षामा ‘बी’ […]

Continue Reading

दुर्घटनामा एकको मृत्यु

भक्तपुर, ३ असोज मध्यपुर ठिमी नगरपालिका–४ चारदोबाटोस्थित अरनिको राजमार्गमा आज दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा७०प १६६५ नंको मोटरसाइकलले बाटो काट्दै गरेको मध्यपुरठिमी चारदोबाटो बस्ने ८० वर्षीय जोगभक्त श्रेष्ठलाई ठक्कर दिँदा श्रेष्ठको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक मिलन केसीले […]

Continue Reading

अलकापुरी भक्तपुर र मल्लकालीन भारदार विमोचन

भक्तपुर, ३ असोज भक्तपुरमा आज एकैसाथ दुई पुस्तक ‘अलकापुरी भक्तपुर’ र ‘भक्तपुर दरबारका मल्लकालीन भारदारहरु’ सार्वजनिक गरिएको छ । पत्रकार एवं साहित्यकार जितेन्द्र श्रेष्ठ ‘रसिक’ को आठौं कृति ‘अलकापुरी भक्तपुर’ र संस्कृतविद् ओम धौभडेलको भक्तपुर ‘दरबारका मल्लकालीन भारदारहरु’को पुरातत्व विभागका महानिर्देशक डा भेषनारायण दाहाल र साहित्यकार एवं संस्कृतकर्मी तेजेश्वरबाबु ग्वङ्गले विमोचन गरेको हो । स्वदेश […]

Continue Reading

संविधान दिवस : जंगलमा बस्ने राउटेले मनाए, शपथ खाएका मुख्यमन्त्रीले बहिस्कार गरे !

काठमाडौं, ३ असोज जनताबाट निर्वाचित प्रतिनिधिले बनाएको संविधानलाई उत्कृष्ट भन्दै प्रशंसा गर्ने गरिन्छ । २०७२ सालमा आजकै दिन संविधान घोषणा गरिएकाले बुधवार संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको छ । संविधानमा अपनत्व ग्रहण गर्ने विषय शुरूमै विवादित बनेको हो । संविधान घोषणा हुँदा मधेश केन्द्रीत राजनीतिक दलले विरोध जनाएका थिए । जुन विरोध संविधान कार्यान्वयनको […]

Continue Reading

वागीश्वरीमा संविधान दिवसको अवसरमा प्रवचन

भक्तपुर, ३ असोज वागीश्वरी कलेज तथा माविको आयोजनामा संविधान दिवसको अवसरमा बुधबार प्रवचन कार्यक्रम गरेको छ । कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख एवं वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले विदेशमा स्थायी बसोबास गरी बसेका नेपाली र जन्मको आधारमा नागरिकता पाएका नागरिकका सन्तानलाई वंशजको नागरिकता प्रदान गर्ने कानूनले देशको सार्वभौमिकतामा खतरा हुने संकेत दिएका […]

Continue Reading