नेपालको यात्रा सेमीफाइनलमै रोकियो, माल्दिभ्ससँग ३-० ले पराजित

खेलकूद विशेष समाचार समाचार

काठमाडौं, २७ भदौ

साफ च्याम्पियनशिफ फूटबल प्रतियोगितामा नेपालको यात्रा सेमीफाइनलमै रोकिएको छ ।

बंगबन्धु रंगशाला ढाकामा बुधवार भएको सेमीफाइनल भिडन्तमा नेपाल माल्दिभ्ससँग ३-० गोलअन्तरले पराजित भयो ।

नेपाल समूह एको विजेता तथा माल्दिभ्स समूहबीको उपविजेताका रूपमा सेमीफाइनलमा पुगेका थिए ।

पहिलो हाफमा १-० ले पछि परेको नेपालले दोस्रो हाफमा थप २ गोल खान पुग्यो ।

प्रतियोगिताको अर्को सेमीफाइनलमा बुधवार नै भारत र पाकिस्तान भिड्दैछन् ।

समूहमा नेपालले भूटान र बंगलादेशलाई पराजित गरेको थियो । माल्दिभ्सको भने प्रतियोगितामा यो पहिलो जीत हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *