आमन्त्रण कबड्डीको फाइनल बिहीवार साँझ ३ बजे

खेलकूद विशेष समाचार शिक्षा समाचार

भक्तपुर, २७ भाद्र

वागीश्वरी मावि च्याम्हासिंहको हीरक जयन्तीको उपलक्ष्यमा भदौ २५ गतेदेखि शुरू भएको आमन्त्रण छात्रछात्रा कबड्डी प्रतियोगिताको फाइनल बिहीवार साँझ ३ बजे विद्यालयकै चौर कमलविनायकमा हुने भएको छ । छात्रतर्फ वागीश्वरी मावि र सकेरेड हर्ट मावि फाइनलमा पुगेको छ भने छात्रातर्फ वागीश्वरी मावि र ख्वप मावि फाइनलमा पुगेको आयोजकले जानकारी दिएको छ ।


भाद्र २७ गते भएको सेमीफाइनल छात्र खेलमा सेकरेड हर्ट मावि (काठमाडौं) ले ख्वप मावि (भक्तपुर) लाई ३४ को विरुद्ध ४४ अङ्क हासिल गरी फाइनलको यात्रा तय गरेको हो भने अर्को खेलमा वागीश्वरी माविले बेलोर मावि (काभ्रे) लाई ३५ का विरुद्ध ५३ अङ्क हासिल गरी पन्छाएको हो ।
त्यस्तै छात्रा खेलतर्फ ख्वपले ख्वप्रिङ एकेडेमीलाई ३३ का विरुद्ध ५५ अङ्क हासिल गरी फाइनल यात्रा तय ग¥यो भने अर्को खेलमा वागीश्वरी माविले कन्या मन्दिर मावि (काठमाडौं) लाई २२ का विरुद्ध ३४ अङ्क ल्याई पराजित गरेको हो ।


काठमाडौं, भक्तपुर र काभ्रे जिल्लाका दशओटा विद्यालयले भाग लिएको उक्त प्रतियोगिताको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उद्घाटन गर्दै खेल मित्रता, अनुशासन र देशभक्ति भावनाको विकास गर्नका लागि खेल्नुपर्नेमा जोड दिए । विजेता विद्यालयलाई नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्रदान गर्ने आयोजकको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *