च्याम्हासिंहमा सवारी दुर्घटनामा प्रजापतिको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

भक्तपुर, २४ फागुन

भक्तपुरको च्याम्हासिंहमा सवारी दुर्घटना हुँदा प्रजापतिको मृत्यु भएको छ । बा ३ ख ६४०६ नम्बरको बसको ठक्करबाट भक्तपुर नगरपालिका वडा नं. ९ च्यामासिंह बस्ने ८५ वर्षका विष्णुभक्त प्रजापतिको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जगातीबाट लिवालीतर्फ जाँदै गरेको बा.३ ख. ६४०६ नं. को बसले पैदल यात्री लिवाली बस्ने वर्ष ८५ को विष्णुभक्त प्रजापतिलाई ठक्कर दिँदा गम्भीर घाइते भई उपचारको लागि ख्वप अस्पताल च्यामासिंह भक्तपुर लगेकोमा थप उपचारको लागि वि. एन्ड. वि. अस्पताल रिफर भएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

ठक्कर दिने बस र चालक काभ्रेपलान्चोक नमो बुद्ध नगरपालिका वडा नं. ७ दाप्चा घर भई हाल भक्तपुर च्यामासिंह बस्ने वर्ष २३ को राजन श्रेष्ठलाई नियन्त्रणमा लिई प्रहरी वृत्त जगातीमा राखिएको र घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *