भक्तपुर बचतद्वारा तीन दिने च्याउखेती तालीम सम्पन्न

अर्थ/वाणिज्य विशेष समाचार समाचार

भक्तपुर, २३ भाद्र


भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को कृषि उपसमितिको आयोजनामा भाद्र २० देखि २२ सम्मको तीन दिने च्याउखेती तालीमको शुक्रवार समापन गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवम् संस्थाका अध्यक्ष बलराम प्रजापतिले च्याउखेती तालीमको महत्वमाथि प्रकाश पारेका थिए । उनले भने, ‘ तालीममा सहभागी सबैले च्याउखेतीलाई व्यावसायिक पेशाका रुपमा विकास गर्नुपर्छ, अनिमात्र संस्थाले दिएको तालीम सफल भएको मान्नेछौं ।’


जम्मा २५ जना प्रतिक्षार्थीहरु सहभागी रहेको उक्त तालीममा प्रशिक्षक सुमन महर्जनले सबैभन्दा सुरक्षित र विषादीरहित पोषणको रुपमा च्याउलाई लिँदै आएकाले च्याउखेती तालीमको महत्व रहेको बताए । पोषक खाना भएकै कारण माछामासुको विकल्पको रुपमा यसलाई उपयोग गर्नुपर्ने महर्जन बताउँछन् ।
तीनदिने तालीमका प्रशिक्षार्थी लक्ष्मण अवालले तालीमबारे आफ्नो अनुभव बताए । उपसमितिका संयोजक एवम् सञ्चालक सदस्य रामलक्ष्मी दुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा मैंया सुकमनी, सत्यनारायण साँयजूलगायतले तालीमबारे आफ्नो विचार व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *