पेट्रोलियम पदार्थको मूल्य बढ्यो

अर्थ/वाणिज्य विशेष समाचार समाचार

काठमाडौं, २१ भाद्र

नेपाल आयल निगमले बुधवार राती १२ बजेदेखी लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र एल.पि. ग्याँसको मूल्यमा वृद्धि गर्ने निर्णय गरेको छ ।

अन्तराष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेको तथा अमेरिकी डलरको तुलनामा नेपाल र भारतीय मुद्राको अवमूल्यन भएको र सोही मुताविक इण्डियन आयल कर्पोरेशनबाट १ सेम्टेम्बरमा प्राप्त मूल्य बढेर आएकोले मूल्य विश्लेषण गरी समायोजन गरिएको निगमका प्रवक्ता विरेन्द्र गोइतले विज्ञप्ती मार्फत जानकारी दिए ।

गोइतका अनुसार पेट्रोलमा प्रति लि. रू. १, डिजेल र मट्टितेलमा प्रति लि. रू. ३ र एल.पि. ग्याँसमा प्रति सिलिण्डर रू. २५ मूल्य वृद्धि भएको छ । जसअनुसार नयाँ खुद्रा विक्री मूल्य पेट्रोलको प्रति लि. रू. ११२, डिजेल र मट्टितेलको प्रति लि. रू. ९८ र एल.पि. ग्याँसको मूल्य प्रति सिलिण्डर रू. १४०० भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *