पछिल्लो २४ घण्टामा २१४ जना कोरोना संक्रमितको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ३० बैशाख

२४ घण्टामा २१४ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ४ हजार ४४६ जनाको मृत्यु भएको छ। हिजो देशभर १६८ जनाको मृत्यु भएको थियो।

पछिल्लो २४ घण्टामा देशभर नेपालमा ८ हजार  ९६०  जना व्यक्ति कोरोना संक्रमित पुष्टि भएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार  देशभरका प्रयोगशालामा १९ हजार ४७४  जनाको पीसीआर विधि र ७७१  जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ९ हजार ९६०   जना संक्रमित पुष्टि भएका हुन्।

नयाँ संक्रमित थप भएसँगै  एक लाख ५ हजार २०७ जना सक्रिय संक्रमित रहेका छन्। ४९७ जना व्यक्ति क्वारेन्टाइनमा छन्। आज देशभर ५  हजार ५५ जना व्यक्ति निको भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *