५८३४ जना कोरोना संक्रमित होम आइसोलेसनमा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ३ मंसिर

देशभर हाल ५ हजार ८ सय ३४ कोरोना संक्रमित होम आइसोलेसनमा छन्। ९ हजार ३ सय १७ कुल सक्रिय संक्रमितमध्ये ५ हजार ८ सय ३४ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बाँकी ३ हजार ४ सय ८३ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्।

होम आइसोलेसनमा रहने संक्रमितको संख्या सबैभन्दा धेरै बागमती प्रदेशमा छ। बागमती प्रदेशमा मात्र २ हजार ९ सय ४७ जना संक्रमित होम आइसोलेसनमा छन्।

प्रदेश १ मा २ सय ९८, प्रदेश २ मा ४९, गण्डकी प्रदेशमा ८ सय ८४, लुम्बिनी प्रदेशमा ९ सय ७, कर्णालीमा ९१ र सुदूरपश्चिममा ६ सय ५८ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। यसअघि बिहीबार होम आइसोलेसनमा रहने संक्रमितको संख्या ५ हजार ८ सय ८३ थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *