बंगलादेशका महामहिम राष्ट्रपति मोहम्मद अब्दुल हमिदद्वारा भक्तपुर नगर अवलोकन

पर्यटन विशेष समाचार समाचार

भक्तपुर, २७ कार्तिक


नेपालको चारदिने औपचारिक भ्रमणमा आउनुभएका बंगलादेशका महामहिम राष्ट्रपति मोहम्मद अब्दुल हमिदले मंगलबार भक्तपुर नगरको अवलोकन गरे ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र कार्यपालिका सदस्यको टोलीले भक्तपुर दरबार क्षेत्रको मुख्य प्रवेशद्धारमा महामहिम राष्ट्रपति हमिदलाई स्वागत गर्दै भक्तपुर दरबार क्षेत्रमा अवस्थित सांस्कृतिक र पुरातात्विक महत्व बोकेका सम्पदाहरुको अवलोकन गराए ।


भ्रमणका क्रममा महामहिम राष्ट्रपति हामिदले भक्तपुरको विश्व सम्पदामा सूचीकृत सम्पदाहरुको मौलिक विशेषता र यसमा प्राकृतिक विपत्तिले परेको प्रभावको विषयमा जिज्ञासा राखे । यहाँका सांस्कृतिक पुरातात्विक र ऐतिहासिक सम्पदाहरुको जिज्ञासापूर्वक अवलोकन गरे । भक्तपुर नपाले व्यवस्था गरेको माक प्याखं र देवी प्याखंको अत्यन्त रुचीपूर्वक अवलोकन गरे र देवी प्याखंमा भएको शेरसिंह बंगलादेशको एउटा सांस्कृतिक नाचसँग समानता भएको विषयमा पनि बताए । उनले यहाँको आर्थिक गतिविधि, पर्यटन, हस्तकला, परम्परागत कृषि पेशालगायतका विषयमा जिज्ञासा राख्दै ध्यानपूर्वक सुन्नुभयो र आजको पूर्णिमाको दिन स्थानीय दाफा भजनले प्रदर्शन गरेको अन्नको चित्रकला पनि अत्यन्त रुचिपूर्वक अवलोकन गरे ।


महामहिम राष्ट्रपति हामिदले राष्ट्रिय कला संग्रहालय, स्वर्ण ढोका, पच्पन्न झ्याल दरबार, सिद्धिलक्ष्मी मन्दिर, यक्षेश्वर महादेव मन्दिर, बहताल हुँदै टौमढी क्षेत्रको पाँचतले मन्दिर र भैरवनाथ मन्दिरको स्थलगत गरे ।
प्रमुख सुनिल प्रजापतिले महामहिम राष्ट्रपति हमिदलाई ‘मयुरको झ्याल’ मायाको चिनोस्वरुप उपहार प्रदान गर्नुभएको थियो । चार दिने नेपालको औपचारिक भ्रमणमा रहनुभएका हमिदको भ्रमण टोलीमा ५२ सदस्य रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *