१२५४६ जना कोरोना संक्रमित होम आइसोलेसनमा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १३ मंसिर

देशभर हाल १२ हजार बढी कोरोना संक्रमित होम आइसोलेसनमा छन्। कुल १८ हजार ८३ जना सक्रिय संक्रमितमध्ये १२ हजार ५ सय ४६ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बाँकी ५ हजार ५ सय ३७ जना संस्थागत आइसोलेसनमा छन्।

सबैभन्दा धेरै संक्रमित बागमती प्रदेशमा होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। बागमती प्रदेशमा मात्र ८ हजार ५ सय ६५ जना संक्रमित होम आइसोलेसनमा छन्।

यस्तै, प्रदेश १ मा १ हजार ६ सय २९, प्रदेश २ मा ३ सय ५४, गण्डकीमा १ हजार ३, लुम्बिनीमा ६ सय ५३, कर्णालीमा ८३ र सुदुरपश्चिम प्रदेशमा २ सय ५९ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *