पछिल्लो २४ घण्टामा २८५८ जना कोरोना संक्रमित संक्रमणमुक्त

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ४ मंसिर

पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ५८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा  १ लाख ८५ हजार ६ सय ३८ जना संक्रमित  उपचारपछि निको भएका छन्।

आज ९ हजार ८ सय ५ जना शंकास्पद व्यक्तीको  पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा १६ लाख ३३ हजार ५ सय ५९ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ७६७ जना क्वारेन्टाइनमा छन्।  नेपालमा २८ हजार १ सय ६ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *