नेपाल बंगलादेश जलस्रोत समितिको बैठक सुरु

विशेष समाचार शिक्षा समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता
काठमाडौं, १२ साउन


नेपाल र बंगलादेशबीचको जलस्रोत समितिको सचिवस्तरीय संयुक्त बैठक काठमाडौंमा सुरु भएको छ । बिहीबार बिहान १० बजेदेखि विज्ञ समूहसहितको संयुक्त बैठक सुरु भएको हो ।बैठमा नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव सागर राईले नेतृत्व गरेका छन् भने बंगलादेशको तर्फबाट जलस्रोत मन्त्रालयका सचिव कबिर विन अनवार सहभागी छन् । संयुक्त लगानीमा जलविद्युत् उत्पादन गर्ने विषयमा बैठक केन्द्रित छ । जलस्रोतको उपयोग गर्ने र बाढी नियन्त्रण गर्ने विषय पनि बैठकको एजेन्डाका रुपमा रहेको बैकठमा सहभागी एक नेपाली अधिकारीले बताए । जलवायु परिवर्तनको असर कम गर्ने, जलस्रोत उपयोगको अध्ययन र अनुसन्धान बढाउने र र जल तथा मौसमसम्बन्धी तथ्यांकहरूको आदान–प्रदान गर्ने विषयले पनि बैठकमा स्थान पाएका छन् । करिब एक दशकपछि नेपाल र बंगलादेशको ऊर्जा सचिवस्तरीय बैठक बसेको हो । सन् २००८ मा यो समितिको बैठक बसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *