पाल्पा ३०,मंसिर
पाल्पामा ठुलो परिमाणमा लागुऔंषध बरामद भएको छ । जिल्लाको तिनाउँ गाउँपालिका वडा नं ३ दोभान पाल्पा बुटवल सडक खण्डको झुम्सामा लागु औंषध सहित दुई जना पक्राउन परेका छन । बुटवलबाट पाल्पा आउदै गरेको ग १८ प ८९ नम्बरको मोटरसाइकलमा लुकाएर ल्याएको अवस्थामा लागुऔंषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पक्राउ पर्नेमा स्याङजा जिल्ला अर्जुनचौपारी ५ घर भै पोखरा बस्ने २२ बर्षका विशाल नेपाली र कास्की मादी ९ बस्ने बर्ष ३१ का किरण गुरुड्ढ रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी डिएसपी कृष्णराज सापकोटाले जानकारी दिए । उनीहरूको साथबाट डाइजेपाम ६८ वटा, नुफिन ६८ वटा,फेनेराज ६८ वटा,र नगद १६ हजार १ सय नगद बरामद भएको छ ।