स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी विधेयक संसदबाट पास गर्ने विषयमा छलफल

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडौं, २८ असार

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी विधेयकलाई संसदबाट पास गरी ऐनका रुपमा ल्याउन छलफल गरिएको छ। संसदमा दर्ता भएको विधेयकका विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङ र राज्यमन्त्री हिरा केसीसँग मन्त्रालयका पदाधिकारी र चिकित्सक संघका पदाधिकारीहरुले छलफल गरेका हुन्।

स्वास्थ्य मन्त्रालयमा मंगलबार भएको छलफलमा मन्त्री खापुङ र राज्यमन्त्री केसीसहित पूर्व स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल, स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेल, मन्त्रालयका प्रमुख विशेषज्ञ डा गुणराज लोहनी, नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्की, महासचिव डा बद्री रिजाल लगायत सहभागी थिए।

छलफलमा विधेयकलाई बुधबार बस्ने संसदमा पास गर्ने विषयमा केन्द्रित भएको थियो।

संसदको बुधबार कार्यसूचीमा उक्त विधेयक परेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *