खोप अनिवार्य गरेपछि क्यानडामा चर्कियो आन्दोलन, प्रधानमन्त्रीले घर छाडे

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता

एजेन्सी, १७ माघsharethis sharing button

क्यानडामा कोरोनाविरुद्धको खोप अनिवार्य गरिएको बिरोधमा आन्दोलन चर्किएको छ। मेरिका क्यानाडा सीमा पार गर्ने ट्रक चालकहरुका लागि खोप अनिवार्य गरेको बिरोधमा क्यानडाको राजधानी सहर दोस्रो दिन पनि ठप्प भएको छ। प्रदर्शनकारीहरूले क्यानाडाको ओटावामा हजारौं प्रदर्शनकारी स्वतन्त्रता र्‍यालीमा सहभागी भए।

स्वस्तिक झण्डा देखिने र अज्ञात सैनिकको चिहानमा महिला नाच्दै गरेको फुटेजलगायतका कैयौँ घटनापछि प्रहरीले अनुसन्धान थालेको जनाएको छ। रक्षामन्त्री अनिता आनन्दले घटनाहरू निन्दनीय भएको बताइन्।

ओटावा प्रहरीले एक ट्विटर पोस्टमा राजधानी सरहका स्मारक फोहर बनाएको र प्रहरीका साथै कर्मचारीमाथि धम्कीपूर्ण व्यवहारका साथै गाडीहरुको तोडफोडका बारेमा अनुसन्धान भइरहेको जनाएको छ।

ट्रकहरूले क्यानाडाको संसद भवनको वरपरका सडकहरू अवरुद्ध गरका छन्। ओटावाका मेयर जिम वाट्सनका अनुसार प्रदर्शनकारीहरुले होटलका कर्मचारीहरुमाथि पनि अभद्र व्यवहार गरेका छन्।   रेस्टुरेन्टहरूले मास्क लगाउन अनिवार्य गरेपछि उनीहरुले निस् शुल्क खानाको माग गरेका थिए।

प्रधानमन्त्री जस्टिन ट्रुडो र उनको परिवारले शनिबार सुरक्षा चिन्ताको कारण ओटावामा आफ्नो घर छोडेको बीबीसीले जनाएको छ। क्यानाडाको १ लाख २० हजार क्रस बोर्डर ट्रक चालकहरु मध्ये करिब ९० प्रतिशले खोप लगाएका जनइएको छ।

ट्रुडोले यसै हप्ताको सुरुमा एक पत्रकार सम्मेलनमा प्रदर्शनकारीहरुलाई अलपसंख्यकहरुको आन्दोलन भनेका थिए। तर देशका विभिन्न भागमा खोप अनिवार्य गरेको विरोधमा आन्दोलन भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *