तालिमको भरमा औषधि बेच्न दिदैनौँ : नेपाल फार्मास्युटिकल्स एशोसिएसन

समाचार स्वास्थ्य
न्यूजअपडेट संवाददाता
काठमाडाैं, १६ पुस

नेपाल फार्मास्युटिकल्स एशोसिएसनले तालिमको भरमा औषधि बेच्न नदिने बताएका छन्। जनस्वास्थ्य माथि खेलवाड हुने भन्दै एशोसिएसनले तालिमको भरमा कुनै पनि व्यक्तिलाई औषधि बेच्न नदिने बताएका छन्।

औषधि व्यवस्था विभागले तालिम दिएर औषधि बेच्न पाउने विवादास्पद विषयलाई औषधि सल्लाहकार समितको बैठकमा एजेण्डा पेश गर्ने तयारी गरेको छ। एशोसिएसनले शुक्रबार समितिका सदस्य सचिव सन्तोष केसीलाई भेटेर यस विषयमा ध्यानाकर्षण समेत गराएको छ।

विभागको उक्त तयारी कुनै पनि हालमा पुरा हुन नदिने एशोसिएसनका महासचिव ललितमोहन पन्तले बताए।

उनले भने, ‘यस किसिमको प्रस्ताव बैठकमा आउनु नै खेदजनक छ। हामीले यो कुराको खण्डन गरेका छौँ। कुनै पनि पनि अवस्थामा पास हुन दिदौनौ। र, यो पास नहुनेमा ढुक्क छौँ।’

यस किसिमको एजेण्ड पुनः उठ्न नदिने उनको भनाई छ। देशमा पर्याप्त मात्रामा जनशक्ति हुँदा हुँदै विभागले कसैको प्रभावमा आएर यस किसिमको तयारी गरेको उनीहरुको बुझाई छ। विभागले तालिम दिएर औषधि बेच्न दिने तयारी गरिरहँदा देशभरका फार्मासिस्टले यसको विरोध समेत गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *