एमसीसी पारित विरूद्ध आज दतात्रयमा नेमकिपाकाे जनसभा

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

भक्तपुर, १६ फागुन

एमसीसी पारित विरूद्ध नेपाल मजदुर किसान पार्टीले आज साँझ साढे ३ बजे दतात्रयमा जनसभा गर्ने भएकाे छ । निरन्तर संघर्षमा उभिरहेकाे नेमकिपाले बुँदा बुँदा केलाएर सभासद प्रेम सुवालले बाेल्दा पनि बुझपचाएर ११ बुँदे व्याख्यात्मक घाेषणालाइ संसदबाट पारित गरेकाे छ।

साेही घाेषणाकाे विरूद्ध नेमकिपाले देशका विभिन्न ठाउँमा निरन्तर जनचेतनामूलक कार्यक्रम गरेकाे छ। साथै संसद बस्ने समयमा  प्रत्येक दिन बानेश्वरमा संसद घेराउ गरिरहेकाे छ । आइतबार भएकाे बानेश्वरकाे संसद घेराउमा वागमति प्रदेश सभासद सुरेन्द्र राज गाेसाइ, पार्टी केन्द्रीय सदस्य नारायण महर्जन, विद्यार्थी संघका प्रकाश गुरूङ, सुरेश परियारलगायतले एमसीसी विरूद्ध खबरदारी दिइरहेका थिए । कार्यक्रमकाे बीच बीचमा नेक्रासाँस्कृतिक संघ काभ्रेका गीत र विनाेद विकले साँगेतिक रूपमा एमसीसीकाे खारेजीकाे माग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *