दिपेन्द्र लामा निर्देशित ‘घुइँचो’मा एलिजा र कुन्साङ अभिनय गर्दै

कला/साहित्य मनोरञ्जन विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

काठमाडाैं, ७ मंसिर

दिपेन्द्र लामा निर्देशित ‘घुइँचो’मा एलिजा र कुन्साङ अभिनय गर्दै

निर्माण हुने काठमाडौं । दीपेन्द्र लामाको निर्देशनमा चलचित्र ‘घुइँचो’ निर्माण हुने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आरजे म्यूजिक एण्ड फिल्म्सले चलचित्र ‘घुइँचो’ निर्माण गर्न लागेको जानकारी दिएको हो ।

यो चलचित्रबाट मोडल कुन्साङ बम्जनले डेब्यु गर्दैछन् भने नायिका एलिजा गौतम रहनेछिन् । आरजे म्यूजिक एण्ड फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता रामजी दैलेखी हुन् ।

आगामी माघबाट ‘घुइँचो’को छायांकन गर्ने निर्माण कम्पनीले जनाएको छ । निर्माता दैलेखीले चलचित्रको कथावस्तु बलियो भएकाले दर्शकलाई मनपर्ने विश्वास व्यक्त गरे ।

यस्तै अभिनेत्री एलिजाले कथावस्तु र आफ्नो चरित्र बलियो भएकाले चलचित्रमा काम गर्न तयार भएको बताइन् । ‘चलचित्रमा काम गर्ने मेरो सानैदेखिको रहर थियो । मेरो पहिलो चलचित्र ‘अनुराग’ जे जस्तो भएपनि धेरै कुरा सिक्ने मौका पाएको थिएँ । र, अब ‘घुइँचो’ मा एकदमै मिहिनेत गरेर काम गर्नेछु,’ उनले भनिन् ।

कुन्साङले पनि राम्रो कथावस्तुमा काम गर्नका लागि आफू उत्साहित रहेको बताए । म्युजिक भिडियोहरुमा चकलेटी अवतारमा रुचाइएका उनले यो चलचित्रमा गाउँले युवकको भूमिका निर्वाह गर्दैछन् ।

निर्देशक लामाले चलचित्र सुःख-दुःख, सपना, इमान्दार र बेइमानहरुको घुइँचो रहेको बताए । जुम्लाको एक सामान्य परिवारको युवाको अमेरिकासम्मको यात्राको कथामा चलचित्र बन्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *