२४ घण्टामा ४०८ जना कोरोना संक्रमित थपिए

न्यूज अपडेट संवाददाता काठमाडाैं, १४ कात्तिक पछिल्लो २४ घण्टामा ४०८  जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ७ हजार ८९९  पिसिआर र २ हजार १६८ जनाको एन्टीजेन परीक्षणका क्रममा ४०८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज देशभर ५१८ संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको छ। […]

Continue Reading

पासपोर्ट बनाउनेको भीडमा युवायुवतीहरू बढी

न्यूज अपडेट संवाददाता काठमाडाैं, १४ कात्तिक काठमाडौंमा राहदानी (पासपोर्ट) बनाउनेहरुको लामो लाइन लागेको छ । राहदानी विभाग अगाडिको लाइन उत्तर ढोकासम्म पुगेर घुमेको छ । विदेश जाने प्रयोजनका लागि पासपोर्ट बनाउने गरिन्छ । पासपोर्ट बनाउने लाइनमा युवा–युवतीहरु बढी देखिन्छन् । छिटो पालो पाइने आशाले चार बजे बिहानैदेखि लाइनमा बसेको एकजना सेवाग्राहीले बताए । ‘बिहान चार […]

Continue Reading

काठमाडौं उपत्यकामा मात्र कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित, मुगुमा शून्य 

न्यूज अपडेट संवाददाता काठमाडाैं, १४ कात्तिक देशभर हाल तीन वटा जिल्लामा मात्र कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित रहेका छन्। बागती प्रदेशको तीन वटा जिल्लामा कोरोना पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल काठमाडौं, भक्तपुर र ललितपुरमा मात्र कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित छन्। गत २४ घण्टामा काठमाडौं […]

Continue Reading

यस्तो छ कोरोना नियन्त्रणमा भुटानी प्रयास

न्यूज अपडेट संवाददाता एजेन्सी, १४ कात्तिक नेपालका पूर्वीसीमा काँकडभिट्टाबाट पौने दुई सय किलोमिटर मोटर यात्रापछि फुन्चोलिङ सहरको प्रवेशद्वार पुगेर चिहाउँदा भुटान चकमन्न थियो। पहाडी पाखोमा सफा र हरियाली फुन्चोलिङ बजार बन्द थियो। सर्वसाधारण घर बाहिर निस्किएका थिएनन्। सडकमा सरकारी गाडी मात्र पातलो कुदिरहेका थिए। प्रवेशद्वारमा वारिपारि हेर्न सकिने आँखीझ्याल छन्। भारततिरका स्थानीय तथा पर्यटक त्यही […]

Continue Reading

आगामी शैक्षिक सत्रबाट कक्षा ४, ५ र ९ को नयाँ पाठ्यक्रम लागू हुने

न्यूज अपडेट संवाददाता काठमाडाैं, १२ कात्तिक आगामी शैक्षिक सत्र २०७९ बाट कक्षा ४, ५ र ९ को नयाँ पाठ्यक्रम कार्यान्वयन हुने निर्णय भएको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बिहीबार बसेको ८९ औं बैठकले हाल परीक्षण भइरहेका पाठ्यक्रमहरु कार्यान्वयन गर्ने निर्णय गरेको हो । कक्षा ४, ५ र ९ का पाठ्यक्रम देशका २८ […]

Continue Reading

स्पेनिस संसदीय प्रतिनिधिमण्डल भक्तपुर भ्रमणमा

न्यूज अपडेट, संवाददाता भक्तपुर, १२ कात्तिक बागमती प्रदेश सभाका माननीय सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा नेपाल भ्रमणमा आएका स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डललाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, प्रदेश सभासद् सुरेन्द्रराज गोसाईलगायतले पुष्पगुच्छा, भादगाउँले टोपी, खादा, परम्परागत थैली र जुजु धौं प्रदान गरी भक्तपुर दरबार क्षेत्रको प्रवेशद्धारमा स्वागत गरेको थिए […]

Continue Reading

कोरोना संक्रमितको संख्या बढेपछि रुसमा फेरि लकडाउन

न्यूज अपडेट, संवाददाता काठमाडाैं, ११ कात्तिक  कोरोना संक्रमितको संख्या बढेसँगै रुसको राजधानी मस्कोमा फेरि लकडाउन गरिएको छ। औषधि पसल र सुपरमार्केटबाहेक सबै पसलहरु बन्द गरिएको छ। रूसमा कोरोना संक्रमितको संख्या तिव्ररुपमा बढिरहेको छ र मंगलबार १ हजार १ सय जनाको कोरोनाका कारण मृत्यु भएको छ। रूस अहिले यूरोपमा सबैभन्दा धेरै कोरोना प्रभावित देश बनेको छ। […]

Continue Reading

विद्यार्थी निकेतन माविमा पुरातात्विक भवनका अवशेषहरु भेटिए

न्यूज अपडेट, संवाददाता भक्तपुर, ११ कात्तिक विद्यार्थी निकेतन माविको प्रांगणमा पानी ट्यांकी खन्ने क्रममा हालको जमिनको सतहबाट साढे ६ फिट मुनि टेपु ल्हाँे, टेलीय इँटा (चिकं अप्पा), फ अप्पा, दाची अप्पाले बनाएको पेटीलगायतका पुरातात्विक भवनका अवशेषहरु भेटिएका छन् । सोही क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले बुधाबार उक्त क्षेत्रको स्थलगत निरीक्षण […]

Continue Reading

राष्ट्रिय परिचयपत्र वितरणसम्बन्धी रुजु अधिकारीहरुबीच अभिमुखीकरण

न्यूज अपडेट संवाददाता भक्तपुर, १० कात्तिक भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यता र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा राष्ट्रिय परिचयपत्र वितरणसम्बन्धी रुजु अधिकारीहरुबीच मंगलबार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले दश अंकको व्यक्तिगत परिचय नम्बर उल्लेख हुने परिचयपत्र जारी गर्ने क्रममा नागरिकका व्यक्तिगत विवरण, औंलाको छाप, […]

Continue Reading

लाइसेन्सको फारम खुल्यो, अनलाइनमार्फत यसरी दिनुस् आवेदन

न्यूज अपडेट संवाददाता काठमाडाैं, १० कात्तिक यातायात व्यवस्था विभागले मंगलवारदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन खुलाएको छ । वैशाख १५ गतेदेखि गरिएको निषेधाज्ञाका कारण रोकिएको नयाँ आवेदन ६ महिनापछि खुलेको हो । विभागले लाइसेन्सको आवेदन अनलाइनमार्फत दिन सकिने व्यवस्था गरेको छ । यसका लागि विभागको वेबसाइटमा गएर फाराम भर्नुपर्छ । यसअघि पुराना ७ लाख आवेदकको […]

Continue Reading