वाणिज्य बैंकको तीन महिने नाफा १८ अर्ब ११ करोड, एनआइसी एसिया अग्रस्थानमा

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

काठमाडाैं, १६ कात्तिक

वाणिज्य बैंकको तीन महिने नाफा १८ अर्ब ११ करोड, एनआइसी एसिया अग्रस्थानमा

चालु आवको पहिलो ३ महिनामा सबैभन्दा धेरै नाफा एनआइसी एसिया बैंकले गरेको छ । बैंकले चालु आवको पहिलो ३ महिनामा नै १ अर्ब १८ करोड रुपियाँ खुद मुनाफा गरेका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.६४ प्रतिशतले बढी हो ।

३ महिनामा १ अर्बभन्दा बढी मुनाफा गर्ने बैंकहरुमा नबिल बैंक, ग्लोबल आईएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक र एनएमबी बैंक रहेका छन् ।

लगानीयोग्य रकमको अभावको बाबजुद पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरुले २४ प्रतिशतले नाफा वृद्धि गरेका छन् । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा निक्षेपको वृद्धिदर उल्लेख नभए पनि ऋण लगानीमा उल्लेख्य वृद्धि हुँदा वाणिज्य बैंकहरुको नाफामा वृद्धि देखिएको हो ।

गत वर्ष १४ अर्ब ६० करोड ४२ लाख ७६ हजार रुपियाँ खुद मुनाफा गरेकोमा यस वर्षको पहिलो त्रैमासमा बैंकहरुले १८ अर्ब ११ करोड ७३ लाख ८८ हजार रुपियाँ पुगेको छ । समीक्षा अवधिमा २३ वटा वाणिज्य बैंकको खुद मुनाफा बढेको छ भने ४ वटा वाणिज्य बैंकको मुनाफा भने घटेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *