अभिनेत्री रेखा थापालाई अमेरिकामा पुत्री लाभ

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता

काठमाडाैं, ११ फागुन

अभिनेत्री तथा राप्रपा नेता रेखा थापालाई अमेरिकामा पुत्री लाभ भएको छ। उनले शुक्रबार अमेरिकाको कोलोराडोस्थित एक अस्पतालमा पहिलो सन्तानका रुपमा छोरी जन्माएकी हुन्।

उनले अमेरिकामै व्यवसाय गर्ने बलराम शाही ठकुरीसँग विवाह गरेकी थिइन्। छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छिन्।

छोरी जन्माउन मात्रै अमेरिका गएको भन्दै उनकै पार्टीका नेताहरुले समेत उनको आलोचना गरिरहेका छन्।

बच्चा जन्मिएको जानकारी सामाजिक सञ्जालमार्फत दिँदै उनले लेखेकी छिन्,  ‘हेर आकाशमा कालो बादल वरिपरी चादिको घेरा छ, हेर धर्तिमा तिमी जन्मनुको महान कारण छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *