उपत्यकामा थपिए ५८७ संक्रमित, काठमाडाैंमा सबैभन्दा धेरै ४१० जना

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, २९ असार

गत २४ घण्टाभित्र काठमाडाैं उपत्यकामा ५८७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

उपत्यकाका विभिन्न ल्याबहरुमा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेनबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

थपिएका संक्रमितमध्ये काठमाडाैंका सबैभन्दा बढी ४१० जना रहेका छन्। यसैगरी भक्तपुरमा ८० र ललितपुरमा ९७ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *