कोरोनाविरुद्धको खोपका लागि कूटनीतिक प्रयास थाल्न सांसदहरुको सुझाव

न्यूज अपडेट संवाददाता काठमाडाैं, १२ साउन  राष्ट्रियसभाका सदस्यहरुले कोभिड–१९ विरुद्धको खोप देशभरका नागरिकलाई उपलब्ध गराउन तथा खरीद प्रक्रिया शीघ्र अघि बढाउन कूटनीतिक प्रयास थाल्न सुझाव दिएका छन्। राष्ट्रियसभाको आजको विशेष समयमा उनीहरुले विदेशस्थित नेपाली नियोग र कूटनीतिक अधिकारीहरुलाई नेपलामा खोपको व्यवस्था गर्न परिचालन गर्नुपर्ने सुझाव दिँदै महामारी बढ्दै गएको अहिलेको अवस्थामा कोरोनाविरुद्धको खोपलाई पहिलो प्राथमिकतामा […]

Continue Reading

राष्ट्रपति भण्डारी स्वास्थ्य परीक्षणका लागि टिचिङ अस्पतालमा

न्यूज अपडेट संवाददाता काठमाडाैं, १२ साउन राष्ट्रपति विद्यादेवी भण्डारी स्वास्थ्य परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल(टिचिङ) पुगेकी छन्। मंगलबार बिहान सवा ९ बजे राष्ट्रपति भण्डारी टिचिङ पुगेकी हुन्। आँखा जाँचका लागि राष्ट्रपति भण्डारी अस्पताल आएको टिचिङ अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए। उनका अनुसार राष्ट्रपतिको जाँच चलिरहेको छ।

Continue Reading

२२ स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुँदै

न्यूज अपडेट संवाददाता काठमाडौं, १२ साउन टोकियो ओलम्पिक २०२० को आज चौथो दिन २२ वटा स्वर्ण पदकका लागि विभिन्न देशका खेलाडीहरुबीच प्रतिस्पर्धा हुँदैछ। तीन दिनमा ५० स्वर्ण पदकको छिनोफानो भइसकेको छ। आज स्वीमिङ, बास्केटबल, सफ्टबल, जिम्नास्टिक, स्केटबोर्डिङ, हकी, बक्सिङ, शुटिङ, टेबल टेनिस खेलमा आज प्रतिस्पर्धा हुनेछ। तेस्रो दिनसम्म सबैभन्दा बढी स्वर्ण पदक जित्ने देशमा जापान, […]

Continue Reading

पछिल्लो २४ घण्टामा ३८९९ जनामा कोरोना संक्रमित बढे

न्यूज अपडेट संवाददाता काठमाडाैं, १२ साउन नेपालमा फेरि कोरोना संक्रमण बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा थप ३ हजार ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा देशभरका विभिन्न ठाउँमा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा मंगलबार थप ३ हजार ८९९ जनामा संक्रमण पुष्टि भएको हो। गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालाहरुमा […]

Continue Reading

भारतमा १३२ दिनपछि कोरोना सङ्क्रमितको संख्या ३० हजार भन्दा कम

न्यूज अपडेट संवाददाता काठमाडाैं, १२  साउन भारतमा पछिल्लो २४ घण्टामा थप २९ हजार ६८९ जनामा कोरोना सङ्क्रमण भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ। यहाँ १३२ दिनपछि थप कोरोना सङ्क्रमितको संख्या ३० हजार भन्दा कम भएको पनि सो मन्त्रालयले जानकारी दिएको छ  ।  हाल भारतमा तीन लाख ९८ हजार १०० जना सक्रिय सङ्क्रमित रहेका समाचारमा […]

Continue Reading