आज देशभर ६ हजार १०३ जना संक्रमित होम आइसोलेसनमा 

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ३० मंसिर

आज देशभर  ६ हजार १०३ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा ३ हजार ४२४ जना संक्रमित होम आइसोलेसनमा रहेका छन्।

त्यसैगरी, प्रदेश १ मा एक हजार २३६, प्रदेश २ मा २४, गण्डकी प्रदेशमा ८९९, लुम्बिनी प्रदेशमा ६९८ जना संक्रमित होम आइसोलेसनमा रहेका छन्।

कर्णाली प्रदेशमा ११५ जना र सुदुरपश्चिम प्रदेशमा ६७७ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *