उपत्यकामा ५६२ जना कोरोना संक्रमित थपिए

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, २१ असार

पछिल्लाे २४ घण्टामा काठमाडाैं उपत्यकामा कोरोना संक्रमितकाे संख्या बढेकाे छ।

उपत्यकाका विभिन्न प्रयाेगशालामा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेनबाट ५६२ संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

थपिएका संक्रमितमध्ये काठमाडाैंका सबैभन्दा बढी ३७८ जना रहेका छन्। यसैगरी भक्तपुरमा ६० र ललितपुरमा १२४ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

हिजाे उपत्यकामा ४६१ कोरोना संक्रमित थपिएका थिए। थपिएका संक्रमितमध्ये काठमाडाैंका सबैभन्दा बढी ३४२ जना रहेका थिए।

यसैगरी भक्तपुरमा ३१ र ललितपुरमा ८८ जना संक्रमित थपिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *