भक्तपुरको सापारु पर्व तथा गाईजात्रा

कला/साहित्य मनोरञ्जन विशेष समाचार

ओम धौभडेल 

काठमाडांै उपत्यकालगायतका नेवार बस्तीहरूमा वर्षभरिजसो विभिन्न जात्रा, चाडपर्व, पूजाआजाहरू देख्न सकिन्छ । जेष्ठ शुक्ल षष्ठीको दिन मनाइने सिथी वर्षको अन्तिम चाड हो भने साउन कृष्ण चतुर्दशीको दिन मनाइने घण्टाकर्ण पर्व अर्थात् गाथामोग च¥हे वर्षको पहिलो चाड मानिन्छ । गाथामोग च¥हे, नाग पञ्चमी, सापारु, पञ्चदान, चोथा, यन्याँ पुन्हि, विजया दशमी, तिहार, सकिमना पुन्हि, योमरी पुन्हि, फागु पुन्हि, शिवरात्री, पसाचरे, बिस्केट जात्रा, आमाको मुख हेर्ने, बुबाको मुख हेर्ने, सिथीजस्ता आदि जात्रा तथा चाडपर्वहरू मनाउने क्रममा भदौ शुक्ल प्रतिपदाको दिन सापारु तथा गाईजात्रा पर्व धुमधामले मनाउँछ ।

यस दिन “साँ यात” गर्ने चलन छ । यो नेवार समुदायले वर्षभरिमा दिवंगत भएका आफन्तको नाममा प्रतिकात्मक गाई बनाएर नगर घुमाउने चलन हो । ‘साँ’ भन्नाले गाई र ‘यात’ भनेको यात्रा वा जात्रा हो । तर यहाँ सा भनेको गाईभन्दा पनि बसाहालाई बढी प्राथमिकता दिएको देखिन्छ । काठमाडांै उपत्यकालगायत तत्कालीन नेपालमण्डलका साना ठूला बस्तीहरूमा आ–आफ्नै शैली तथा परम्पराअनुसार सापारु पर्व मनाउने चलन छ । काठमाडौंमा दिवंगत व्यतिmको सम्झनामा ससाना बालबालिकाहरूलाई सिङ्गारपटार गरी गाईको चित्र अङ्कित कागजको मुखुण्डो तथा सिङ्ग लगाई वसन्तपुर दरबार, हनुमानढोका दरबारलगायत पुरानो नगर क्षेत्र घुमाइन्छ । कम्मरमा पटुका बाँधी दुई छेउ भुइँमा लत्रिने गरी नगर परिक्रमा गर्ने भएर यसलाई बासा लुयेगु भन्ने चलन छ । कसैकसैले साना केटालाई शिरमा सेतो वा पहेंलो फेटा बाँध्न लगाई हातमा चिम्टा र कमलको फूल लिई फकिरको रुपमा नगर घुमाउने गर्छन् । कसै कसैले जिउँदो गाईलाई नै सिङ्गार गरी नगर परिक्रमा गराउँछन् । यता पाटन नगरमा सापारु चार दिन अगाडि नायखीं च्वयेके भनी नगरभरिमा वर्षभरि दिवंगत भएका व्यतिmहरूको सम्झनामा तोकिएको ठाउँमा जम्मा हुन सूचना दिइन्छ । सोअनुसार सापारुको दिन तोकिएको ठाउँमा जम्मा भई बसाहाको मुखाकृति लगाएका केटाहरू अगाडि लगाई त्यसपछि पहेंलो कपडा ओढाएका गाई र कुचो, गाईको दूध, लावा, अवीर, चमर पङ्खा आदि लिएका केटीहरू हुन्छन् । त्यसपछाडि राधाकृष्ण र गोपी गोपिनीहरूको भेषमा नगर परिक्रमा गर्ने चलन छ । यसरी काठमाडांै उपत्यकाबाहेक पोखरा, बाग्लुङ, धरान, पाल्पाजस्ता ठाउँहरूमा सापारु भव्य रुपमा मनाइएको हुन्छ । लिच्छवी कालमा विकास भएको सापारु भक्तपुरको अन्य ठाउँको भन्दा विशेष ढङ्गको हुन्छ ।


भतmपुरको सापारु अन्य ठाउँको भन्दा विशेष नै मानिन्छ । भतmपुरमा सापारु पर्व सुरु भएको सङ्केत अघिल्लो दिन अर्थात् श्रावण शुक्ल पूर्णिमाको दिनबाटै हुन्छ । यस दिन भतmपुरको पूर्व फर्केको नौवटा ढुङ्गेधारामा मुख धुने चलन छ । जसमा सूर्यविनायक गणेश मन्दिर सँगैको धारा, सूर्यविनायक पीपलबोटनेरको धारा , बजिगाँचाको धारा, नासमनाको धारा, पुबहालको धारा, रत्नभवनभित्रको धारा, सुकुलढोकाको बुलुबुलुहिटी, तुलाछेँको धारा, तचपालको भीमसेनधारामा बिहान सबेरैदेखि मुख धुनेको भीड लागेको हुन्छ । त्यस्तै बिहानैदेखि किसानहरू आ–आफनो खेतमा गई भ्यागुतोलाई क्वाटी रोटी ख्वाई पूजा गर्छन् । जसलाई व्यां जा नकेगु भनिन्छ । घर–घरमा नौथरी गेडागुडीले बनेको क्वाटी र रोटी खाइन्छ । भतmपुर व्यासीस्थित कालदह, भतmपुर नगरकोटस्थित महादेव पोखरीलगायतका ठाउँ–ठाउँमा मेला लाग्छ । यसदिन साँझपख भतmपुर तलेजुबाट घिन्ताङघिसी नाच भतmपुर नगरको प्रदक्षिणा मार्ग भएर परिक्रमा गरिन्छ । तलेजुको सा (गाई) को दर्शन गर्न प्रदक्षिणा मार्गको वरपर असङ्ख्य भतmजनहरू बसेका हुन्छन् । भतmपुर तलेजुबाट घिन्ताङघिसी नाच ल्याएपछि भतmपुरमा सापारु सुरु भएको मानिन्छ । भोलिपल्ट बिहान सबेरैदेखि दिवंगत व्यतिmहरूको नाममा भतmपुरवासीहरूले प्रतिकात्मक गाई घुमाउने गर्छन् । वर्षभरिमा दिवंगत ससाना बालबालिकाहरूको सम्झनामा डोकोमा बनाएका गाईहरू अर्थात् साँचा नगर परिक्रमा गराइन्छ । कसै कसैले कालो माटोकोे बसाहा बनाई सिङ्गारिएको खटमा राखी बाजागाजाका साथ नगर परिक्रमा गर्छन् । ससाना बालबालिकाहरूलाई सिङ्गारपटार गरी कम्मरमा पटुका बाँध्न लगाई दुई टुप्पो भुइँमा लत्रने गरी घुमाउनेलाई वासा लुयेगु भन्ने चलन छ । भतmपुरको सापारुको सबैभन्दा आकर्षण भनेको ताहासाँ (ताहामचा) अर्थात् चारवटा लामो लामो बाँसहरूबाट बनेको गाई हो । अगाडि पछाडि कपडाको डोरी समाउने दुई व्यतिm र ताहाँसा बोक्ने चार व्यतिmले घरको दुई तला जति अग्लो ताहासाँ विशेषगरी पाका उमेरका दिवंगत व्यतिmहरूको सम्झनामा बनाइएको हुन्छ । यस्ता ताहासाँको अगाडि बालकदेखि वृद्धसम्म बाजाको तालमा लठी जुधाई घिन्ताङघिंसी नाच नाच्दै आएको हुन्छ । यो यहाँको सापारुको सबैभन्दा आकर्षण मानिन्छ । त्यस्तै विभिन्न प्याखँ (नाच) तथा नाटकहरू देखाइन्छ । मृतकको नामबाट यसरी फरकफरक प्रकारका गाई नगर घुमाउनुपूर्व आ–आफ्ना पुरोहित बोलाई विधिवत पूजा गराउने चलन छ । घरको पिखालखु अगाडि बलेसिमुनि राखी विधिवत पूजा तथा गौदानसमेत गर्नुपर्छ । त्यतिबेला पुरोहितले “भाद्रमासे कृष्णपक्षे प्रतिपदां तिथौ बलीवर्दोत्सव कर्मणि” भन्ने वाक्य उच्चारण चलन छ । साँझतिर भतmपुर वडा नं ४ स्थित लाकुलाछेँबाट परालले मात्र बनेको (सुयाम्ह) भैल द्यः र भद्रकालीको ताहाँसा घिन्ताङघिसीको साथ नगर परिक्रमा गराएपछि अन्य प्रतिकात्मक गाईहरू ल्याउने कार्य गर्नुहँुदैन भन्ने मान्यता छ । साँझतिर भतmपुर वडा नं ४ स्थित लाकुलाछेँबाट परालले मात्र बनेको (सुयाम्ह) भैल द्यः र भद्रकालीको ताहाँसा घिन्ताङघिसीका साथ नगर परिक्रमा गरिन्छ । जुन लाकुलाछेँ गःहिटी हँुदै टौमढीमा तीन पटक परिक्रमा गराएपछि प्रदक्षिणा मार्ग भएर भतmपुर नगरमा जात्रा गरिन्छ । यस क्रममा लायकु र तचपाल टोलमा पनि तीन चक्कर लगाइन्छ । अन्तमा गःहिटीबाट ‘अगःलोँह झ्या झ्या पाउँ’ बाजाको बोलका साथ चुपिंघाटमा लगी बिर्सजन गरेपछि गाईजात्रा सम्पन हुन्छ । मानिसझैं देवदेवीको पनि मृत्यु हुन्छ भन्ने भावनाका साथ यसरी प्रत्येक वर्ष परालले बनेको (सुयाम्ह) भैल द्यः र भद्रकालीको ताहाँसा घुमाउने चलन चलिआएको छ । यहाँनेर सापारु पर्व नेवारहरूको सो¥ह संस्कारमध्ये मृत्युसित सम्बन्धित संस्कार हो भन्ने स्पष्ट छ । नेवार समुदायमा दिवंगत व्यतिmको नाममा मृत्युको एघारौं वा बा¥हौंैं दिनमा बसाहा डामेर छोड्ने चलन छ ,जसलाई वृषसर्ग भनिन्छ । जिउँदै यसरी साँढे छोड्नेबाहेक ढुङ्गाको साँढे बनाई गौचरनमा राख्ने पनि चलन थियो । यसरी छोडेको साँढेको प्रतिमा ठाउँठाउँमा देख्न सकिन्छ । तर यी दुवै कार्य खर्चिलो हुँदा यसको विकल्पको रुपमा दिवंगत व्यतिmको वर्षदिनभित्र आउने भदौ शुक्ल प्रतिपदाको दिन गाई (बसाहा) को प्रतीक बनाई नगर परिक्रमा गर्दा पनि वृषसर्ग गरेको सरह मानी नेवार समुदायले सापारु मनाई आएको देखिन्छ । वर्षभरिमा मृत्युवरण गरेका व्यतिmहरूको सम्झनामा यसरी नै सापारु तथा गाईजात्रा चल्दै आएको छ ।


लिच्छवीकालको सुरुआतदेखि नै चल्दै आएको सापारु लिच्छवी राजा आनन्ददेवले भक्तपुरलाई नेपालमण्डलको राजधानी बनाएपछि त झन आकर्षक हुँदै गयो । यक्ष मल्लको समयसम्म नेपालमण्डलको राजधानीको नाताले यहाँको सापारु विशेष रह्यो । तत्कालीन समयमा यहाँ टोल टोलमा फस्टाएको दाफाभजन तथा गुठीले यसमा ठूलो भूमिका निभायो । विशेषगरी दाफाभित्र गीत, सङ्गीत तथा नृत्यको भरपुर विकास भएको अवस्थामा भतmपुरको सापारुमा घिन्ताङघिसी नाच र अन्य नाच, प्रहसन तथा व्यङ्ग्यसमेतको विशेष दिन बन्यो । यता जगतप्रकाश मल्लजस्ता साहित्यप्रेमी राजाले भतmपुरको सापारुलाई एकदिनको सट्टा आठदिनसम्म मनाउने चलन ल्याए । गाईजात्रा अवधिभर राज्यले गरेको कुनै पनि काम कारबाही तथा विकृतिको विरोध गर्ने छुट दियो । परम्परादेखि सापारुको एकदिन मञ्चन हुँदै आएकोमा राजा जगतप्रकाश मल्लदेखि रणजीत मल्लसम्मको करिब १५० वर्ष नेपालको इतिहासमा नाचको लागि भक्तपुर प्रसिद्ध बन्यो । यता भक्तपुर नगरपालिकाले परम्परागत नाचगानलाई जीवन्तता दिन नाचगानको प्रतियोगिता गर्नु महत्वपूर्ण कदम मानिन्छ । यसरी यहाँका जनता आकर्षक एवं जीवन्त शैलीमा नाच, गीति नाटक, हास्यव्यङ्ग्य प्रहसनको रुप दिन लागिरहे । हरेक वर्षको सापारुदेखि इन्द्रजात्रासम्म भक्तपुरको हरेक टोल, चोक, सडकमा विभिन्न परम्परागत नाचहरू देख्न पाइन्छ । आठ दिनसम्म मञ्चन हुने नाचहरूमा भैरव नाच, देवी नाच, माछा नाच, घोडा नाच, मथु नाच, नटुवाचा नाच, हनुमान नाच, गाईंचा नाच, लुसि नाच ,फाकँदली नाच, झ्याउरे नाच, भालु नाच, कुकुर नाच, कलाँली नाच, लाखे नाच, जटायु नाच, मयुर नाच, बाँदर नाच, नागाचा नाच, कपाँय् फेनेगु नाच, किजापूजा य वानेगु नाच, जङ्गली नाच, ख्या नाच, झ्या झ्या नाच, शेरसिंह नाच, महाद्य पार्वती नाच, भूत ख्य वइगु नाच, कचिमचा वाय्यंकेगु नाच, हाँस नाच आदि मुख्य हुन् । यी नाचहरू हेर्न पाउँदा मन आनन्दितमात्र हैन यसबाट आर्थिक, सामाजिक, सांस्कृतिक नैतिक धरातल उच्च पार्न प्रत्यक्ष वा अप्रत्यक्ष सन्देशहरू प्राप्त गर्न सकिन्छ । यसरी भतmपुरको सापारु आठदिनसम्म विभिन्न देवदेवीहरूको जात्रा गरी कृष्णाष्टमीको दिन समापन हुन्छ ।


लिच्छवी राजा आनन्द देवले चारैतिर अष्टमातृका देवीहरू तथा मध्य भागमा भैरव स्थापना गरी सम्पूर्ण नेपालमण्डलको राजधानी भतmपुर बनाएदेखि यक्ष मल्लसम्म करिब ३६७ वर्षसम्म सम्पूर्ण नेपालमण्डलको राजधानी भक्तपुर थियो । राजधानी नगरको रुपमा तत्कालीन समयमा भतmपुरले थुपै्र आरोह अवरोह भोग्नुपर्यो । तर सांस्कृतिक रुपले यो विशेष थलो बन्न पुग्यो । यसमा भतmपुरमा राज्य गर्ने साहित्यप्रेमी राजा एवं यहाँका संस्कृतिप्रेमी जनताको कारण सम्भव बन्न पुग्यो । यसरी सांस्कृतिक रुपले भक्तपुरलाई सांस्कृतिक रुपले धनी बनाइयो । सापारु पर्व भतmपुरको एक मौलिक पहिचानको रुपमा प्रख्यात छ । हरेक वर्ष गर्दै आएको यो संस्कृति एउटा परम्परामात्र होइन, यसले एउटा मुख्य पर्वको रुप लिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *