थप २ हजार ६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, २१ असार

पछिल्लो २४ घन्टामा थप २६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ११ हजार ५ सय २७ जनाको पीसीआर र एन्टीजेन परीक्षणका क्रममा २६ सय २२ जनामा संक्रमण पुष्टि भएको हो।

७ हजार ४ सय ९९ जनामा पीसीआर परीक्षण गर्दा १ हजार ७ सय ४५ र ४ हजार २८ एन्टीजेन परीक्षण गर्दा ८ सय ७७ जनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा कोरोना संक्रमणका कारण थप २३ जनाको को मृत्यु  भएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार २ सय ४८ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *