वागीश्वरीमा धन्यवाद तथा शुभकामना कार्यक्रम

विशेष समाचार समाचार

भक्तपुर २९ चैत्र,


वागीश्वरी कलेजको आयोजनामा नयाँ वर्ष २०७६ को उपलक्ष्यमा शुभकामना तथा बारा पर्सा जिल्लामा आँधीहुरीबाट पीडितलाई स्नातक तह मानविकी संकायमा सामाजिक कार्य (बी.एस.दब्लू) अध्ययनरत विद्यार्थीहरुबाट सहयोग गरेकोमा धन्यवाद कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रमका अतिथि वागीश्वरी कलेजका संयोजक तथा वागीश्वरी माविका सहायक प्रधानाध्यापक ज्ञानसागर प्रजापतिले विद्यार्थीहरुले गरेको कार्य कागजी योग्यतासँगै व्यवहारिक योग्यताको नमूना हो भने।
समाजमा व्यक्तिवादी भावना हावी भइरहेको यो सन्दर्भमा विद्यार्थीहरुले गरेको सामाजिक कार्यको महत्व अझ बढी भएको उहाँले बताए ।


अरुको विपत्ति कदापि मनोरञ्जन हुन नसक्ने बताउँदै वागीश्वरीले विभिन्न प्राकृतिक विपत्तिका पीडितहरुको निम्ति आर्थिक, भौतिक सहयोग गर्दैै आएको उदाहरण दिए ।
अतिथि संस्कृतिविद् ओम प्रसाद धौभडेलले संसारमा नयाँ वर्ष मनाउने तरिकाहरुमध्ये भक्तपुरको तरिका उत्कृष्ट रहेको बताए ।
बिस्केट जात्राको मौलिक पक्ष र महत्वमाथि प्रकाश पर्दै उहाँले ‘विश्व केटु को अपभ्रंश नै बिस्का हो भने ।


सामाजिक कार्य विषयका शिक्षक राजन चौगुठीको सभापतित्वमा भएको कार्यक्रममा प्राचार्य धनकुमार श्रेष्ठ र शिक्षक मङ्गलेश्वर धोंजूले पनि बोल्नभुएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *