पछिल्लो २४ घण्टामा १६०३ जनामा कोरोना संक्रमण

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, २० असार

पछिल्लो ३४ घण्टामा देशभर एक हजार ६०३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार १३२ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ६०३ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार ४ हजार ८७६ जना पिअिसार परीक्षण गर्दा १ हजार ४२ र ३ हजार २५६ जनाको एन्टीजेन परीक्षण गर्दा ५६१ जनामा संक्रमण पुष्टि भएको हो।

आज देशभर २ हजार ५५२ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा २७ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार २२५ जना संक्रमितको मृत्यु भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *