चीनबाट आयो ४ सय वटा अक्सिजन सिलिन्डर, जहाज काठमाडौंमा अवतरण

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, २८ बैशाख

चीनको बेइजिङबाट ४ सय अक्सिजन सिलिन्डर बोकेर नेपाल एयरलाइन्सको जहाज काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ ।

नेपाल एयरलाइन्सका महाप्रवन्धक डीम प्रकाश पौडेलका अनुसार यो जहाजले ४ सय सिलिन्डर, १६० वटा अक्सिजन कन्टेनर, १० थान भेन्टिलेटर गरि करिव ३० टन सामान बोकेर काठमाडौं ल्याएको छ ।

यो उडानमा चार पाइलटसहित चालक दलका १४ सदस्य सहभागी थिए । यी सामान आएसँगै थप सामान लिन नेपाल एयरलाइन्सको जहाज तयारी हालतमा रहने समेत उनले जानकारी गराएका छन् ।

चीनले अनुदानमा दिएका २० हजार अक्सिजन सिलिन्डरमध्ये ४ सय आज आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *