उपत्यकामा निषेधाज्ञा लगाउनेबारे छलफल गर्न सीडीओहरूको बैठक बस्दै

न्यूज अपडेट काठमाडाैं, १३ बैशाख सोमबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बस्दै छ । उक्त बैठकले उपत्यकाका तीनवटै जिल्लामा कहिलेदेखि निषेधाज्ञा लगाउने भन्ने विषयमा निर्णय लिन सक्ने उच्च स्रोतले दाबी गरेको छ । ललितपुरका निमित्त सीडीओ ललितकुमार बस्नेतका अनुसार अत्यावश्यक सेवाबाहेकका अन्य सेवा बन्द गर्ने विषयमा छलफल […]

Continue Reading

उपत्यकाका प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द

न्यूज अपडेट काठमाडाैं, १२ बैशाख काठमाडौं उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले दिँदै आएको अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेका छन् । आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेको हो । काठमाडौंका […]

Continue Reading

भोलिदेखि हुने परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिस

न्यूज अपडेट काठमाडाैं, १२ बैशाख कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सोमबारदेखि शुरु हुने  विद्यालय तहका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । आइतबार बसेको बैठकले सोमबारदेखि हुने विद्यालय तहका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको सीसीएमसी स्रोतले जानकारी दिएको छ ।

Continue Reading

३१७ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा 

न्यूज अपडेट काठमाडाैं, १२ बैशाख देशभर हाल ३१७ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २५२ आइसियु र ६५ जना भेन्टिलेटरमा गरी ३१७ जना बिरामी उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शनिबार २८२ जना संक्रमित आइसियु र भेन्टिलेटरमा थिए। प्रदेश १ मा २१ र प्रदेश २ मा ९ जना कोरोना संक्रमित […]

Continue Reading

स्वास्थ्य मन्त्रालयद्वारा बजारमा उपलब्ध सबै अक्सिजन सिलिन्डर खरिद गर्न निर्देशन

न्यूज अपडेट काठमाडाैं, १२ बैशाख फाइल तस्बिर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागलाई बजारमा उपलब्ध भएको सबै अक्सिजन सिलिन्डर खरिद गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी सहित आइतबार बसेको स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रको बैठकले बजारमा उपलब्ध भएका अक्सिजन सिलिन्डर खरिद गर्न निर्देशन दिएको हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर […]

Continue Reading

स्वास्थ्य मन्त्रालयले भन्योः मास्क लगाएर समाचार पढ्नु

न्यूज अपडेट काठमाडाैं, १२ बैशाख स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको न्यूनीकरणका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण भएको जनाएको छ। आइतबारको कोरोना अपडेटको क्रममा  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि सञ्चारकर्मी र सञ्चारमाध्यमले समाचार, सूचना र सन्देश मार्फत महत्वपूर्ण भूमिका निभाएको बताएका हुन् । डा गौतमले कोरोना संक्रमणको दर बढ्दै […]

Continue Reading

नेपालमा तीन लाख नाघे कोरोना संक्रमित, चार दिनमा १०३३२ जनालाई संक्रमण

न्यूज अपडेट काठमाडाैं, १२ बैशाख नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख नाघेको छ। पछिल्लो २४ घण्टामा तीन हजार १२२ जनामा संक्रमण पुष्टि भएपछि कुल संक्रमित हुनेको संख्या तीन लाख ११९ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार गत बिहीबारदेखि आइतबार (आज) सम्म ३५ हजार ६ सय १६ जनाको आज पिसिआर  परीक्षण गर्दा १० हजार ३३२ जनामा संक्रमण […]

Continue Reading

भारतमा रोजगारी गुमाएर फर्किनेको नाकामा भिड

न्यूज अपडेट काठमाडौं, १० बैशाख कैलालीका शिवराज राना रोजगारीका लागि भारत गएको जम्माजम्मी पाँच महिना भएको छ ।भारतमा कोरोना महामारी फैलिएपछि गएको जेठमा नोकरी छोडेर नेपाल आएका शिवराजले २१ दिन क्वारेन्टिनमा बिताउँदा अब भारत नजाने निधो गरेका थिए । नेपालमै बसेर केही गर्ने सपना बुनेका उनले ६ महिना गाउँमै बिताए । तर कुनै काम सुरु […]

Continue Reading

जनशक्ति नहुँदा सघन उपचार कक्ष र भेन्टिलेटर सञ्चालनमा समस्या

न्यूज अपडेट काठमाडौं, १० बैशाख भारतबाट घर फर्केका बझाङकोे जयपृथ्वी नगरपालिका ६ का ४८ वर्षीय पुरुषको बिहीबार कोरोना सङ्क्रमणले मृत्यु भयो। उनी भारतको तामिललाडुबाट चैत २९ गते बझाङ आएका थिए। उनले जिल्ला अस्पताल सिमखेतको प्रयोगशालामा वैशाख १ गते कोभिड एन्टिजेन विधिबाट चेक गर्दा कोरोना पोजेटिभ देखियो। सङ्क्रमितको स्वास्थ्यमा थप समस्या देखिएपछि थप उपचारका लागि कोहोलपुर […]

Continue Reading

तानसेन नपाका प्रतिनिधिमण्डल टोली भक्तपुर नपामा

न्यूज अपडेट भक्तपुर, १० बैशाख भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग पाल्पाको तानसेन नगरपालिका वडा नं. १० का वडाध्यक्ष लोचनप्रसाद तिमिल्सिनासहितको प्रतिनिधिमण्डल टोलीले बिहीबार भेट गरेको छ । नगर प्रमुख प्रजापतिले तानसेनका प्रतिनिधिमण्डल टोलीलाई सांस्कृतिक नगर भक्तपुरमा खादा र भादगाउँले टोपी लगाई स्वागत गरे । भेटमा उनीहरुबीच भक्तपुरको शिक्षा, स्वास्थ्य, विकास निर्माण तथा भक्तपुर नपाद्वारा निर्मित […]

Continue Reading